News Portal

  • निर्वाचन सामान्य हारजीतको विषय होइन, दुई धारबीचको लडाइँ हो : प्रचण्ड

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २ कार्तिक २०७९
    ५७६ पटक
    भक्तपुर, २ कार्तिक २०७९

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले आसन्न निर्वाचन उम्मेदवारहरुबीचको सामान्य हारजीतको विषय नभएको बताएका छन् । निर्वाचन परिवर्तनकारी र परिवर्तन बिरोधी दुई धारबीचको संघर्ष भएको उनको भनाइ छ ।

    बुधबार बिहान प्रेस सेन्टर नेपाल ललितपुर जिल्ला शाखाले बेपत्ता पत्रकार मिलन नेपालीको स्मृतिमा तयार पारेको मिलन स्मारिका बिमोचन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, “परिवर्तनलाई उल्ट्याउन खोज्ने र यसलाई रक्षा गर्ने दुई धार आमने सामने छन् । त्यसैले यसलाई सामान्य निर्वाचन भनेर चुप लागेर बस्ने अवस्था छैन ।”

    अध्यक्ष प्रचण्डले जनयुद्धको उपलब्धिको रक्षा गर्न प्रेस सेन्टरका पत्रकारले चुनावी मोर्चा सम्हाल्नुपर्ने प्रष्ट पारे । उनले निर्वाचनलाई शान्तिपूर्ण युद्धकै रुपमा लिएर प्रचारप्रसारमा लाग्न परिवर्तनकारी पत्रकारहरुलाई प्रेरित गरे । पार्टीको शुभेच्छुक संगठन प्रेस सेन्टरका पत्रकारलाई निर्देशन दिदै उनले भने, “निर्वाचनलाई शान्तिपूर्ण युद्धको रुपमा लिएर अग्रमोर्चामा रही योगदान गर्नुस् ।”निर्वाचनमा जनमतलाई परिवर्तन, क्रान्ति र समाजवादतर्फ आकर्षित गर्न पत्रकार र सञ्चार जगतको प्रमुख भूमिका हुने भन्दै उनले उक्त निर्देशन दिएका हुन् ।

    उक्त अवसरमा जनयुद्धका बेपत्ता पत्रकार मिलन नेपालीकी पत्नी सविता बस्नेत, प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष बिष्णु सापकोटा जुगल, उपाध्यक्ष निर्मल ज्ञवाली, रुबी श्रेष्ठ त्यसैगरी महासचिव सन्तोष पौडेल, उपत्यका अध्यक्ष नवराज दाहाल लगायत उपत्यकाका तीनै जिल्लाका प्रेस सेन्टरका नेतृत्व सहभागी रहेका ललितपुर अध्यक्ष रामहरि कार्कीले जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...