News Portal

  • भक्तपुरमा गठबन्धनको पहिलो संयुक्त कार्यकर्ता भेला, दुर्लभ थापाले दिए कडा निर्देशन

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ६ कार्तिक २०७९
    ६२० पटक
    भक्तपुर, ६ कार्तिक २०७९

    भक्तपुरमा पाँच दलीय गठबन्धनको पहिलो संयुक्त कार्यकर्ता भेला सम्पन्न भएको छ । भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ केन्द्रीत संयुक्त कार्यकर्ता भेला आइतवार सम्पन्न भएको हो ।

    उक्त अवसरमा नेपाली काँग्रेसका जिल्ला सभापति दुर्लभ थापाले क्षेत्र नम्बर १ मा माओवादी केन्द्रलाई मतदान नगर्ने नेताकार्यकर्ताको राजनीतिक भविष्य नहुने खुलासा गरे । देशमा लोकतन्त्र र संविधान रक्षाको लागि केन्द्रीय तहबाट बनेको गठबन्धनलाई निर्वाचनमा साथ् दिन नसक्ने नेताकार्यकर्ताको राजनीतिक भविष्य नहुने उनले उद्घोष गरेका हुन् ।

    आफ्ना कार्यकर्तालाई माओवादी केन्द्र मैत्री बन्न निर्देशन दिंदै क्षेत्र नम्बर २ मा उम्मेदवार समेत रहेका सभापति थापाले भने, ”माओवादीलाई भोट नहाल्ने र नहाल्न उक्साउनेलाई पार्टीमा कुनै स्थान हुँदैन ।” सभापति थापाले निर्वाचन क्षेत्र नम्बर १ मा माओवादी केन्द्रलाई भोट नहाल्ने काँग्रेसका नेताकार्यकर्तालाई क्षेत्र नम्बर २ मा आफूलाई मत माग्ने नैतिक आधार नहुने पनि बताए । माओवादी केन्द्रले रुखमा भोट हाल्ने अनि काँग्रेसका कार्यकर्ताले सूर्यमा भोट हाल्ने कुरा स्वीकार्य नहुने भन्दै उनले त्यस्ता कार्यकर्तालाई आफूले नछोड्ने चेतावनी दिए । साना दुखले बनेको संगठन नभएको भन्दै उनले भने, ” हिसाबकिताब शुरु भैसक्यो, मैदानमा नआउने र धोका दिनेलाई पार्टीको ढोका सधैका लागि बन्द गरिन्छ ।” चित्त नबुझेको कुरा चुनावपछि छलफल गरौला भन्दै उनले यो वा त्यो बहाना बनाएर चुनावी मैदानमा सहयोग नगर्ने नेताकार्यकर्ता प्रति पार्टी असहिष्णु हुने समेत चेतावानी दिएका थिए ।

    पाँच दलीय गठबन्धनबाट काँग्रेस सभापति थापा क्षेत्र नम्बर २ मा उम्मेदवार रहेका छन् भने क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका जिल्ला संयोजक सुनिल गोठे बासु उम्मेदवार रहेका छन् ।

    पहिलो संयुक्त कार्यकर्ता भेलालाई नेकपा (माओवादी केन्द्र) को तर्फबाट जिल्ला इन्चार्ज दिलिप प्रजापति भिष्मले निर्देशनात्मक सम्बोधन गरेका थिए । पार्टीका पोलिटब्युरो सदस्य समेत रहेका इन्चार्ज प्रजापतिले गठबन्धन चुनावका लागि मात्र नबनेको प्रष्ट पार्दै गठबन्धनकै बलमा प्रतिगमनलाई परास्त गरी वर्तमान सरकार बनाउन सकेको स्मरण गरे । उनले माओवादी केन्द्र गठबन्धन प्रति पूर्ण प्रतिवद्ध रहने अनुशासित पार्टी भएको भन्दै काँग्रेस लगायत दलहरु पनि गठबन्धनप्रति उत्तिकै इमान्दार रहने विश्वास व्यक्त गरे ।

    कर्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री कृष्णलाल भडेलले आफूले भक्तपुर जिल्लामा अर्बौको बजेट मार्फत बिकास ल्याएको कुरा जनतामा पुर्याउन र गठबन्धनका लागि मत माग्न कार्यकर्तालाई आग्रह गरेका थिए भने चाँगुनारायणका मेयर जीवन खत्रीले क्षेत्र नबर १ मा अझैपनि एकदलीय तानाशाही रहेकाले लोकतन्त्रको अनुभूतिका लागि गठबन्धनका उम्मेदवारलाई बिजय गराउनुपर्ने बताए ।

    नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं प्रदेश तर्फ समानुपातिक उम्मेदवार देवेन्द्र श्रेष्ठ दिवाकरको सभापतित्वमा सम्पन्न संयुक्त कार्यकर्ता भेलामा प्रत्यक्ष तर्फ संघका उम्मेदवार रहेका माओवादी केन्द्रका जिल्ला संयोजक सुनिल गोठे त्यसैगरी प्रदेश १ का उम्मेदवार सुरेश श्रेष्ठ र प्रदेश २ का उम्मेदवार पवन भुजूले भक्तपुरमा नयाँ इतिहास कायम गर्न सबै एकतावद्ध भएर चुनावी अभियानमा लाग्नुपर्नेमा जोड दिए । उनीहरुले आफूहरु पात्र मात्र भएको भन्दै आफूहरुको जीत समग्र पाँच दल र लोकतन्त्रको जीत हुने बताए । आम नेता कार्यकर्तालाई एक महिना चुनावी अभियानमा लामबद्ध हुन आग्रह गर्दै उम्मेदवारहरुले पाँच वर्ष आफूहरु अहोरात्र खटेर देश र जनताको सेवामा जुट्ने विश्वास दिलाएका थिए ।

    कार्यक्रममा समानुपातिक उमेद्वारहरु माओवादी केन्द्रका भुवनकेशरी श्रेष्ठ, एकीकृत समाजवादीका माइलाबाबू देउला माओवादी केन्द्रका केन्द्रीय सदस्य डिपी ढकाल र प्रतिमा श्रेष्ठ, त्यसैगरी काँग्रेस केन्द्रीय सदस्य रमा पौडेल र मदन कृष्ण श्रेष्ठ लगायतको पनि उपस्थिति रहेको थियो । काँग्रेस जिल्ला सहसचिवले संचालन गरेको उक्त कार्यक्रममा एकीकृत समाजवादीका नेता डा राजेन्द्र कोजूले स्वागत मन्तब्य राखेका थिए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...