News Portal

  • आयुर्वेदमा तीन गुणा बजेट बढाएको मन्त्री लामाको जिकिर, थप योगदान गर्ने प्रतिवद्धता

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २१ कार्तिक २०७९
    ५८७ पटक
    भक्तपुर, २१ कार्तिक २०७९

    बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले आफ्नो कार्यकालमा आयुर्वेद स्वास्थ्य तर्फ ३ गुणा बजेट बढाएको बताएका छन् । आफूले आयुर्वेद चिकित्सालाई प्राथमिकता दिएर बजेट तीन गुणाले बढाइदिएको उनले बताएका हुन् ।

    बागमती प्रदेश स्तरीय समिक्षा गोष्टीलाई भक्तपुरमा सम्बोधन गर्दै मन्त्री लामाले प्रदेशका जिल्लास्थित आयुर्वेद स्वास्थ्य केन्द्रहरुमा प्राविधिक जनशक्ति अभावको समस्या समाधान गर्न ७ सय कर्मचारी भर्ना गरी सेवा लाई प्रभावकारी पारिएको समेत जानकारी गराए । आयुर्वेद चिकित्सा पद्दती प्राकृतिक र मौलिक भएको भन्दै उनले अन्तत: मानिसहरु आयुर्वेद चिकित्सामै फर्कने बिश्वास व्यक्त गरे । त्यसका लागि आयुर्वेदका सुविधा सम्पन्न प्रदेश अस्पताल बनाउने र आफ्नै औषधी उद्योग खोल्ने कामलाई प्राथमिकता पूर्वक अघि बढाइको समेत उनले उल्लेख गरे । आयुर्वेदको बिकासको आवश्यकता आफूले राम्ररी बुझेको बताउदै उनले यसको बिकासमा थप योगदान गर्ने समेत प्रतिवद्धता प्रकट गरे ।

    उक्त अवसरमा प्रदेश सचिव बद्रीबहादुर खड्काले गोष्टीले निकाल्ने निष्कर्षले आयुर्वेद विकासको नीति र योजना तथा कार्यक्रम निर्धारणमा योगदान हुने विश्वास व्यक्त गरे । कार्यक्रममा जिल्ला स्थित कार्यालयहरुले आफ्ना कार्यक्रम र उपलब्धीबारे प्रस्तुतीकरण गरेका थिए । त्यसको मूल्यांकन संयन्त्र बनाएर प्रदेशले उत्कृष्ट लाई सम्मान समेत गरेको थियो । उक्त मूल्यांकन प्रक्रिया सातै प्रदेश मध्ये बागमतीले पहिलो शुरुवात गरेको बताइएको छ ।

    आयुर्वेद स्वास्थ्य कार्यक्रमको वार्षिक समिक्षा गोष्टि भक्तपुर घोषणा पत्र जारी गर्दै सम्पन्न भएको समेत आयोजक बागमती प्रदेशको स्वास्थ्य निर्देशानालयका निर्देशक महेश्वर श्रेष्ठले जानकारी गराएका छन् । बागमती प्रदेश अन्तर्गतका सबै जिल्ला र पालिकाका प्रतिनिधि सम्मिलित २ दिने गोष्टि भक्तपुरस्थित सिद्धि स्मृती प्रतिष्ठानको सभाहलमा सोमबार सम्पन्न भएको हो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...