News Portal

  • अनुगमनविनै शिक्षा बजेट खर्चदैँ स्थानीय सरकार

    भक्तपुरपोष्ट संवाददाता काठमाडौं, २५ कार्तिक २०७९
    २३७ पटक
     काठमाडौं, २५ कार्तिक २०७९

    स्थानीय सरकारहरुले अनुगमनविनै शिक्षा बजेट खर्च गर्दा अपेक्षित उपलब्धि हासिल हुन नसकेको सरकोकारवालाहरुले बताएका छन् । कर्मचारीको अभाव र उपलब्धिको मूल्याङ्कनविनै स्थानीय सरकारहरुले शिक्षा बजेट खर्च गर्दा विद्यालय शिक्षा सुधार हुन नसकेकोमा उनीहरुको जोड थियो ।

    शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले बिहिवार आयोजना गरेको ‘स्थानीय तहमा शिक्षा बजेटः खर्च क्षमता र उपलब्धि कति ?’ विषयक छलफलमा सरोकारवालाहरुले स्थानीय तहको कर्मचारी व्यवस्थापन र खर्च क्षमता सुधारमा जोड दिए ।

    शिक्षाविद् विनय कुसियतले अनुगमन र मूल्याङ्कन संयन्त्रको अभावमा स्थानीय तहमा खर्च भएको शिक्षा बजेट प्रभावकारी बन्न नसकेको टिप्पणी गरे । शिक्षाप्रतिको उत्तरदायित्वको कमी, आवश्यकताका आधारविनै बजेट विनियोजन र स्थानीय सरकारको शिक्षामा पर्याप्त ध्यान नजाँदा शिक्षाको लगानी उपलब्धिविहीन बन्दै गएकोमा उनको जोड थियो ।

    कागेश्वरी मनहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले कर्मचारी अभावमा विद्यालय शिक्षाको अनुगमन र मूल्याङ्कनलाई प्रभावकारी बनाउन नसकिएको बताए । सीमित कर्मचारी र अनुगमनविनै काम गर्दा शिक्षामा एकातिर बजेटको अभाव हुने र अर्कोतिर भएको बजेट खर्च नहुने समस्या देखिएको उनको भनाइ थियो । ‘भवन बनायो, शिक्षक अभाव हुने, शिक्षक व्यवस्थापन ग¥यो ल्याव र पुस्तकालय अभाव हुने, गुणस्तरिय शिक्षामा कहिले ध्यान दिने ?’ नगर प्रमुख कार्कीले प्रश्न गरे ।

    तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटीले पनि कर्मचारी अभावमा शिक्षा बजेट कार्यान्वयनको अनुगमनमा समस्या भएको गुनासो गरिन् । ‘तीन तहकै सरकारले विद्यालय शिक्षामा काम गरिरहेका छन् तर समन्वय छैन । जसले गर्दा बजेट दोहोरिने, काममा एकरुपता नआउने समस्या देखिएको छ ।’ उपप्रमुख बुर्लाकोटीले भनिन् । ‘नत अनुगमनका लागि कर्मचारी नै पर्याप्त छन् ।’
    महालेखा परीक्षकको कार्यालयका नायव महालेखा परीक्षक ताराप्रसाद पाण्डेले स्थानीय तहमा अनुगमन र मूल्याङ्नको पाटो कमजोर रहेको तथा खर्च गर्ने क्षमता पनि कम हुँदा बेरुजु बढेको औंल्याए । एकातिर शिक्षा बजेट खर्च नहुने र भएकोमा पनि बेरुजु देखिँदा बजेटले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको उनको भनाइ थियो । कानूनसम्मतः चले र खर्चको अभिलेख राखे शिक्षामा लगानीअनुरुपको प्रतिफल प्राप्त हुने पाण्डेले बताए ।

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रका योजना तथा अनुगमन शाखाका निर्देशक अर्जुन ढकालले स्थानीय तहमा विनियोजित १ खर्ब ३० अर्ब शिक्षा बजेटमध्ये १ खर्ब १८ अर्ब रुपैयाँ मात्रै खर्च भएको बताए । जसमध्ये ९१ अर्ब शिक्षक कर्मचारीको तलवभक्ता मात्रै खर्च भएको भन्दै ढकालले छात्रवृत्ति, दिवाखाजा, शैक्षिक गुणस्तर सुधारका बजेट धेरै खर्च हुन नसकेको बताए । स्थानीय तहमा जाने ४० प्रतिशत बजेट शिक्षाको भएपनि शिक्षा शाखामा काम गर्ने कर्मचारी कम हुँदा अनुगमन, खर्च र उपलब्धि कम हुने गरेको उनको भनाइ थियो ।

    मेलम्ची नगरपालिकाका शिक्षा शाखा प्रमुख सुदिनराज बुढाथोकीले विनियोजित शिक्षा बजेट समय सान्दर्भिक नभएको तथा कार्यक्रम कार्यान्वयनमा जनप्रतिनिधिहरुको पर्याप्त ध्यान जान नसकेको बताए । ‘शिक्षालाई विकास मानिएन, भौतिक पूर्वाधारमा मात्रै सबैको ध्यान गयो ।’ बुढाथोकीले भने, ‘भएका खर्चको अनुगमन र मूल्याङ्कन गर्ने पनि संयन्त्र भएन ।’संघीय शिक्षा ऐन जारी नहुँदा स्थानीय तहले काम नगरी पनि नहुने र गर्दा गरेका कामहरुमा मुद्दा पर्ने गरेको उनको गुनासो थियो ।

    बुढानीलकण्ठ नगरपालिकाका शिक्षा शाखाप्रमुख ललितविक्रम सिंहले स्थानीय तहमा स्रोतको कमी नभएपनि शिक्षा क्षेत्रमा पर्याप्त ध्यान दिन नसक्दा सुधार हुन नसकेको बताए । शिक्षामा रहरले कार्यक्रम शुरु गर्ने तर पछि बजेट पर्याप्त नहुँदा बेरुजु देखिने गरेको उनले बताए । ‘स्थानीय तहमा खर्च गर्ने क्षमता नभएको होइन, शिक्षा बजेट नै कम भयो ।’उनले भने ।

    गाउँपालिका राष्ट्रिय महासंघका कार्यकारी निर्देशक राजेन्द्र प्याकुरेलले विद्यालय शिक्षामा तीन तहकै सरकारको शासन हुँदा अपेक्षित सुधार हुन नसकेको आरोप लगाए । स्थानीय तहमा कर्मचारी पर्याप्त नभएका तथा पदीय श्रेणी नमिलेका कारण काम गर्न समस्या भएको प्याकुरेलको भनाइ थियो ।

    छलफलमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका अध्यक्ष राजेन्द्र पहाडी, मनमैजु माविका प्रअ रविना महर्जन, इस्टुका अध्यक्ष होमकुमार थापा, शिक्षा पत्रकार समूहका अध्यक्ष कृष्ण मल्ललगायतले आवश्यकता र उपलब्धिको मूल्याङ्कनविना शिक्षा बजेट विनियोजित हुँदा अपेक्षित सुधार हुन नसकेको बताए ।

    प्रतिकृया दिनुहोस्

    अक्सफोर्डका विद्यार्थीलाई आत्मविश्वास, सहकार्य र निर्देशनको पालना सम्बन्धी अभिमुखीकरण

    भक्तपुर १ सल्लाघारीस्थित अक्सफोर्ड प्राक्टिकल स्कुलले विद्यार्थी मार्ग निर्देशन, प्रतिभा पहिचान तथा पुरस्कार वितरण कार्यक्रम...

    लौहकिन्थलीस्थित मझेरी क्याफेमा छापामार्दा १६ जना समातिए

    भक्तपुरको मध्यपुर थिमी १ लौहकिन्थलीस्थित मझेरी क्याफेमा छापामारी प्रहरीले १६ जनालाई समातेको छ । उक्त...

    विश्व डाउन सिन्ड्रोम दिवसमा समावेशी शिक्षा र जिविकोपार्जन सम्बन्धी गोष्ठी सम्पन्न

    हरेक वर्ष बिश्व डाउन सिन्ड्रोम दिवसको अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आइरहेको डाउन सिन्ड्रोम समाज...

    नेराकस (निजामती) को बागमती प्रदेशमा ढुंगानाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति

    नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को बागमती प्रदेश अध्यक्षमा श्रवण ढुंगाना निर्वाचित भएका छन् ।...

    पारिवारिक दुश्मनीले लियो ११ जनाको ज्यान

    पाकिस्तानमा एक प्रमुख स्थानीय राजनीतिज्ञसहित एघार व्यक्तिको हत्या भएको छ । बन्दुकधारीहरुले मङ्गलबार सो नरसंहार...