गृह मन्त्रालयले मंसिर ४ र ५ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । निर्वाचनका लागि मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय मन्त्रालयले गरेको हो ।
मतदानस्थल रहेका शिक्षण संस्थाहरू भने मंसिर २ गतेदेखि ५ गतेसम्म नै बन्द हुनेछन् ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले मतदानस्थल रहेका शिक्षण संस्थाहरू २ गतेदेखि ५ गतेसम्म र सरकारी कार्यालय र सार्वजनिक निकायहरु ४ र ५ गते बन्द हुने जानकारी दिएका छन् ।