News Portal

  • कागेश्वरी मनोहरा र शंखरापुर नगरपाकिलाई नेपालको उत्कृष्ट शैक्षिक गन्तव्य बनाउन सकिने: पोख्रेल

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २९ कार्तिक २०७९
    ४७३ पटक
    भक्तपुर, २९ कार्तिक २०७९

    राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य तथा काठमाडौँ क्षेत्र नं २ की प्रतिनिधि सभा सदस्य उम्मेदवार कुन्तीदेवी पोख्रेलले कागेश्वरी मनोहरा नगरपालिका र शखंरापुर नगरपालिकामा नेपालको उत्कृष्ट शैक्षिक गन्तव्य बनाउन सकिने बताएका छन् । शंखरापुरमा आममतदाता भेलालाई सम्वोधन गर्दै पोख्रेलले यस्तो बताएका हुन् ।

    यस क्षेत्रमा पर्याप्त मात्रामा खाली ठाउँहरु छन्, सरकारीतबरबाट खोलिने ठूला–ठूला कलेज यहाँ खोलेर नेपालमा नै उत्कृष्ट सरकारी शिक्षा दिन सकिने उनले उल्लेख गरे । शिक्षा समाज बदल्ने महत्वपूर्ण र प्रथम विषयवस्तु भएको कारणले त्यसको लागि पर्याप्त मात्रामा खाली ठाउँ भएकाले ठूला–ठूला संरचना खेलकुद ग्राउण्ड तथा पर्याप्त मात्रामा प्राक्टिल गर्ने ठाउँ चाहिने भएकोले यो क्षेत्र उपयुक्त रहेको बताएका हुन् ।

    उनले नेपालमा पनि ठूला–ठूला संरचना भएका स्कुल कलेज छन् । यहाँ पनि अन्तर्राष्ट्रिय मापदण्डको शिक्षादिन सक्ने प्रकारको संरचना बनेको छ भन्ने प्रकारको हाम्रो पनि गौरव रहनुपर्नेमा जोड दिए । म यहाँ विभिन्न प्रकारका कलेज तथा राम्रा स्कुलहरु सरकारी तवरबाट खोल्नका लागि म पहल गर्ने छु मलाई हलोमा भोट हालेर जिताउनुहोस् ।

    नेपालमा शिक्षाको अवस्था एकदमै दयनीय बनेको र नेपालको शिक्षालाई गुणरस्तरीय बनाउन, धनी-गरिबले पढ्ने शिक्षा एउटै हुने सरकारी शिक्षा, अन्तर्राष्ट्रियस्तरको शिक्षा र सीप, अध्ययनपछि रोजगारको ग्यारेन्टी हुने शिक्षा आवश्यक रहेको उनको भनाई छ ।

    ‘हामी पनि कम छैनौँ नेपाललाई हरेक प्रकारले सीप र क्षमतामूलक शिक्षाको आवश्यक्ता छ । अब हामी हाम्रो समाजको लागि आत्मनिर्भर हुने शिक्षा दिन आवश्यक भएकाले त्यसको लागि म मरिमेटेर लागिपर्ने छु,’ उनी भन्छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...