काठमाडौं -७ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र ललितपुर–३ मा एमालेको अग्रता कायम भएको छ ।
काठमाडौं क्षेत्र नम्बर–७ मा एक हजार ५४३ मतगणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गणेश पराजुलीको अग्रता कायम हो भने ललितपुर क्षेत्र नम्बर–३ मा १३०० मतगणना गर्दा नेकपा (एमाले)का अमृत खड्काले अग्रता कायम गरेका हुन्।
काठमाडौँमा रास्वपाका पराजुलीले ३७५ मत पाएका छन् । नेकपा (एमाले)का श्यामकुमार घिमिरेले ३०६ मत ल्याएका छन् । सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी अस्मिता सिंह (मानुषी) यमि भट्टराईले २९३ मत पाएका छन् ।
ललितपुर खड्काले ४९७ मत पाएका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्कीले पछ्याइरहेकी छन् । कार्कीको २८६ मत छ । माओवादी केन्द्रकी पम्फा भुसालले १०९ मत पाएका छन् ।