आइतबार स्थगित भएको सुर्खेतको मतदान केन्द्रमा मतदान सुरु भएको छ ।
सिम्ता गाउँपालिका–६ को प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको मतदान सिम्ता बहुमुखी क्याम्पसमा सुरू भएको निर्वाचन कार्यालयले जनाएको छ ।
मतदान अधिकृतको गल्तीका कारण प्रतिनिधि सभाको १०० मतपत्र प्रदेश सभाको बाकसमा खसेपछि उक्त केन्द्रमा विवाद सिर्जना हुँदा आइतबार मतदान स्थगित गरिएको थियो । यहाँ २ हजार ९ सय मतदाता छन् ।