News Portal

  • माओवादी केन्द्रले अग्रता लिएका १४ सिट

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ६ मंसिर २०७९
    ४३६ पटक
     भक्तपुर, ६ मंसिर २०७९

    माओवादी केन्द्रले १२ निर्वाचन क्षेत्रमा अग्रता लिएको छ । माओवादी केन्द्रले उम्मेदवारी दिएका ३९ सिटमा मतगणना हुँदा १४ सिटमा अग्रता लिएको देखिन्छ। सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका माओवादी केन्द्रका २७ जना सुरुवाती मतगणनामा पछाडि रहेको पाइएको छ ।

    रूकुम पूर्वमा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती मगरले १ हजार ६२९ का साथ अग्रस्थानमा छन् । यहाँ एमाले उम्मेदवार कैलाश कुमार मल्लले ४६८ मत ल्याएर पछ्याइरहेका छन् ।

    सर्लाही –२ माओवादी केन्द्रका महिन्द्र राय यादव १ हजार ११३ मत पाउँदा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का राजेन्द्र महतो ८४२ मत प्राप्त गरेका छन् । बाग्लुङ २ मा माओवादीका देवेन्द्र पौडेलले ४ हजार ८३९ मतसहित अग्रता लिएका छन् । पौडेललाई एमालेकी मन्जु शर्मा ३ हजार ९१८ मतका साथ पछ्याइरहेकी छिन् ।

    सिन्धुली – २ माओवादी केन्द्रका लेखनाथ दाहाल ४ सय ५१ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी एमालेका मनोजजंग थापाले २२४ मत पाएका छन् । खोटाङमा माओवादी केन्द्रका रामकुमार राई १ हजार ४३१ मत ल्याएर अगाडि छन् । एमालेका विशाल भट्टराई १ हजार ३६१ मत ल्याएर पछ्याइरहेका छन् ।

    भोजपुरमा पनि माओवादीका सुदन किरातीले अग्रता बनाएका छन् । किरातीले १ हजार ५५१ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी एमालेका शेरधन राई १ हजार ८५ मत प्राप्त गरेर पछ्याइरहेका छन् । महोत्तरी– १ मा माओवादी केन्द्रका गिरिराजमणि पोखरेल १ हजार ७३३ मतसहित अग्रस्थानमा छन् । एमाले उम्मेदवार लझ्मी महतो कोइरी १ हजार ६९७ मत पछ्याइरहेका छन् ।

    मोरङ– ४ मा माओवादीका अमनलाल मोदीले अग्रता लिएका छन् । उनले ५ हजार ७९२ मत पाउँदा एमाले उम्मेदवार विनोदप्रसाद ढकालले ४ हजार १४९ मत पाएका छन् । रोल्पामा पनि माओवादी केन्द्रका वर्षमान पुनले फराकिलो अग्रता बनाएका छन् । पुनले ४ हजार ५५७ मत प्राप्त गर्दा एमाले उम्मेदवार पूर्ण बुढामगरले १ हजार ८४६ मतका साथ पछ्याइरहेका छन् ।

    दाङ– २ माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले ५ हजार ३९४ मतसहित अग्रता बनाउँदा एमालेका शंकर पोखरेलले ४ हजार ३६२ मतसहित पछ्याइरहेका छन् । गोरखा– २ मा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्ड निकै फराकिलो मतान्तरले अगाडि छन् । प्रचण्डले ३ हजार ७८५ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले ९३५ मत पाएका छन् ।

    जाजरकोटमा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेतले अग्रता लिएका छन् । उनले २ हजार ६८४ मत पाउँदा एमालेका निरजप्रसाद आचार्य २ हजार १०९ मतसहित पछ्याइरहेका छन् । रुकुम पश्चिममा जनार्दन शर्मा र सुनसरी १ बाट मुक्सामहाङ सुब्बाले पनि अग्रता लिइरहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...