News Portal

  • शिक्षक सरुवामा केन्द्रको रोक

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १४ मंसिर २०७९
    ४२९ पटक
    भक्तपुर, १४ मंसिर २०७९

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका ७७ वटै शिक्षा विकास तथा समन्वय इकाई तथा सबै स्थानीय तहलाई निर्देशन दिँदै शिक्षक सरुवामा रोक लगाएको छ ।

    शिक्षक सेवा आयोगले खुला विज्ञापन तथा आन्तरिक प्रतियोगिताबाट स्थायी शिक्षकको पदस्थापन गर्ने कार्य अघि बढेको भन्दै केन्द्रले तत्काल शिक्षकको सरुवा नगर्न निर्देशन दिएको हो ।

    देशभरका समन्वय इकाईहरूबाट विज्ञापन प्रयोजनका लागि केन्द्रमार्फत शिक्षक सेवा आयोगलाई पत्राचार गरिएको थियो । सोही आधारमा आयोगले शिक्षक पदपूर्तिको प्रक्रिया अगाडि बढाएको हो । माध्यमिक तहको भने शिक्षकको सिफारिस समेत गरिसकेको छ । आयोगको सिफारिसको आधारमा केन्द्रले नियुक्ति पत्र लिने प्रक्रिया अगाडि बढाएको छ ।

    पदस्थापनको प्रक्रिया अघि बढेकाले रिक्त दरबन्दीमा कुनै पनि किसिमबाट सरुवा गरी स्थायी शिक्षक पदपूर्ति समेत नगर्नु र नगराउन केन्द्रले निर्देशन दिएको हो । शिक्षक सरुवा मात्र नभएर सरुवा सहमति समेत नदिन निर्देशन दिएको हो ।

    अब शिक्षक सरुवा गरिएको खण्डमा पदस्थापनमा असर पर्ने भन्दै सरुवा नगर्न भनेको हो । उक्त निर्देशन विपरीत शिक्षकको सरुवा गरेर स्थायी शिक्षक पदस्थापनमा असर पर्न गएमा त्यसको जिम्मेवार सम्बन्धित इकाई र पालिकाले नै लिनुपर्ने केन्द्रले चेतावनी दिएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...