News Portal

  • डोटीका वडाध्यक्ष जोशीको निधन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १५ मंसिर २०७९
    २७२ पटक
     भक्तपुर, १५ मंसिर २०७९

    डोटीको पूर्वीचौकी गाउँपालिका–६ का वडाध्यक्ष पुष्पराज जोशीको निधन भएको छ । बुधबार गाउँकार्यपालिकाको बैठक सकेर सानागाउँबाट घर फर्किने क्रममा जोशीको बाटोमै निधन भएको हो ।

    उनी एक्लै घर गइरहेका बेला एक्कासी बाटोमा ढलेका थिए । उच्च रक्तचापका बिरामी रहेका जोशीको हृदयघातबाट मृत्यु भएको हुन सक्ने गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले जानकारी दिए ।

    जोशीलाई जिल्ला अस्पताल डोटीमा ल्याउँदासम्म मृत्यु भइसकेको अस्पतालका डाक्टर सोहन शाहले बताए ।

    प्रतिकृया दिनुहोस्

    प्रेस सेन्टर चाँगुनारायणमा आकाशको अध्यक्षतामा ११ सदस्यीय समिति

    प्रेस सेन्टर नेपालको चाँगुनारायण नगरपालिका शाखाले दोश्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले दोस्रो कार्यकालका...

    ख्वप विश्वविद्यालय विधेयक मन्त्रिपरिषदमा छ, स्वीकृति पाउनुपर्छ : मन्त्री भट्टराई

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्था र ख्वप अस्पतालको...

    प्रेस सेन्टर भक्तपुरको अधिवेशन शनिबार

    प्रेस सेन्टर नेपाल, जिल्ला समन्वय समिति भक्तपुरले पुस २० गते शनिबारको दिन आफ्नो अधिवेशन गर्ने...

    सम्पादक घिमिरेले गरे पत्रकार महासंघ उपत्यका प्रदेश कोषाध्यक्षको पदभार ग्रहण

    नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका नवनिर्वाचित कोषाध्यक्ष संजीप घिमिरे (शुभचिन्तक)ले पदभार ग्रहण गरेका छन्...

    माओवादी केन्द्रको विद्यार्थी नेता बन्न ३२ वर्ष उमेर ननाघेको हुनुपर्ने

    peris dada maoist party office

    नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) को नेतृत्वमा अन्ततः उमेर हद लागू हुने भएको...