News Portal

  • अङ्ग्रेजी माध्यमले तान्यो विद्यार्थीको आकर्षण

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १५ मंसिर २०७९
    ४९३ पटक
     भक्तपुर, १५ मंसिर २०७९

    गुल्मी मालिका गाउँपालिका–४ का १२ वर्षे अमृत अर्याल विद्यालय पुग्न दैनिक तीन घण्टा पैदल हिँड्नुहुन्छ । घर नजिकै विद्यालय भए पनि त्यति टाढाको विद्यालयमा भर्ना हुनुको कारण हो, अङ्ग्रेजी माध्यम ।

    कक्षा ७ मा पढ्ने उनको घर अर्खबाङ्गदेखि मालिका–३ ह्वाङ्दीमा पुग्नुहुन्छ । उनीसँगै दीक्षा अर्याललगायतका करिब ५० जना विद्यार्थीहरु गाउँको विद्यालय छाडेर लामो यात्रा गरी पढ्न जान्छन् ।

    “त्यति टाढाको विद्यालय नगए पनि हुन्थ्यो भन्ने लाग्छ, आउँदा जाँदा एक झर पानी परे मेरा आँखाबाट आँसु झर्छन्”, अर्खबाङ्गकी ७३ वर्षीया तिलमती बुढाले भने, “नाति–नातिनाको भविष्यका लागि जोखिम मोलेरै भए पनि पढ्न पठाउनुपरेको छ ।”

    मालिका–३ मा रहेको देवीस्थान माध्यमिक विद्यालय अङ्ग्रेजी माध्यमबाट कक्षा १० सम्म अध्यापन हुने गाउँपालिकाकै एउटा मात्रै विद्यालय हो । वि.सं २०५० मा स्थापना भएको विद्यालयमा २०६७ देखि अङ्ग्रेजी माध्यमको पढाइ सुरु भएको प्रधानाध्यापक नारायणप्रसाद अर्यालको भनाइ छ । विद्यालयमा अहिले दुई सय ५७ विद्यार्थीले अङ्ग्रेजी माध्यमबाट पढिरहेको उनले बताए ।

    अङ्ग्रेजी माध्यमबाट पढाइ हुने भएपछि विद्यालयमा छिमेकी जिल्ला बागलुङको निगलपानी, चिसापानी र गङ्गरेका विद्यार्थी आउने गरेका छन् । गाउँमा एकमात्र अङ्ग्रेजी माध्यमको विद्यालय भएपछि टाढाका विद्यार्थी पढ्नका लागि आउने गरेको विद्यालयका विज्ञान शिक्षक विकास तामाङले जानकारी दिए ।

    विद्यालयमा स्थायी दरबन्दीको अभावका कारण आर्थिक जोखिम मोल्दै भए पनि विद्यालयले अङ्ग्रेजी माध्यमबाट पढाइरहेको छ । चार जना प्राथामिक तहका स्थायी शिक्षकसहित तीन निम्न माध्यमिक र एक माध्यमिक तह गाउँपालिका अनुदान शिक्षक छन् । बाँकी छ शिक्षक र तीन कर्मचारी निजी स्रोतमा छन् ।

    गाउँका अन्य विद्यालयमा विद्यार्थीको सङ्ख्या निरन्तर घट्दा पनि अङ्ग्रेजी माध्यमले गर्दा यस विद्यालयमा विद्यार्थी नघटेको प्रधानाध्यापक अर्यालको भनाइ छ ।

    पुल नहुँदा सास्ती

    अर्खबाङ्गबाट देवीस्थान माध्यमिक विद्यालयमा पुग्नका लागि दुई ठूला खोला तर्नुपर्दछ । जुन वर्षायामको समयमा एक्लै र सहजै तर्न सकिन्न । एउटा खोलामा सामान्य झोलुङ्गे पुलले सहज भए पनि अर्को खोलामा पुल नहुँदा वर्षायाममा विद्यार्थी विद्यालय जान पाउँदैनन् ।

    कक्षा १० मा पढ्ने जगत विकले आफूहरु प्रत्येक वर्षको वर्षायाममा जोखिम मोल्नुपरेको बताउँछन् । “बर्खामा खोला तर्न सकिन्न, खोला तर्न नसक्दा यसपटक एक साताभन्दा बढी समय विद्यालय जान सकिन”, उनले भने । आफूसँगै अरु सबै विद्यालय वर्खामा विद्यालय जान नपाएको गुनासो गर्छन् उनी ।

    गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाध्यक्ष ज्ञानबहादुर बुढाले पुल बनाउन अहिलेसम्म गाउँपालिकाबाट पहल नभएको जनाएका छन् । सालझण्डी–ढोरपाटन अन्तर्गतको सडक भएकाले त्यसको मातहतबाट छिट्टै काम हुने जानकारी उनले दिए । रासस

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...