News Portal

  • बयर टिप्न गएका दुई युवतीको शव राप्ती नदीमा फेला

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १८ मङ्सिर २०७९
    ६१९ पटक
     भक्तपुर, १८ मङ्सिर २०७९

    बयर टिप्न राप्ती नदीको टापुमा पुगेका दुई जना युवतीको शव राप्ती नदीमा फेला परेको छ । राप्तीसोनारी गाउँपालिका ६ फत्तेपुर डाँडा टेपरीका दुई जना युवती मृत अवस्थामा नदीमा फेला परेका हुन् ।

    शनिवार बयर टिप्न गएका २२ वर्षीया कञ्चन थारु र १३ वर्षीया अर्चना थारु फर्किने क्रममा नदीमा डुबेर बेपत्ता भएका थिए ।

    बेपत्ता भेकका उनीहरु आइतबार बिहान डुबेको ठाउँबाट डेढ किलोमिटर दक्षिणतर्फ नदीमा दुवै युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

    प्रहरीका अनुसार बयर टिप्न गाउँका ७ जना युवती गएका थिए । ती मध्ये नदीमा पाँच जना पौडी खेलेर बाँच्न सफल भए पनि दुई जना बेपत्ता भएका थिए । नदीमा डुबेर बेपत्ता भएका दुवै युवतीको शव नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले खोजीको क्रममा फेला पारेको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताए ।

    उनीहरूको शवलाई पोस्टमार्टमका लागि नेपालगन्ज पठाउने तयारी भइरहेको प्रहरी प्रमुख अधिकारीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...