News Portal

  • भारतीय पक्षले गर्यो नेपाल-भारत सीमा पुल बन्द

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १९ मङ्सिर २०७९
    ५०८ पटक
    भक्तपुर, १९ मङ्सिर २०७९

    सोमबार बिहानदेखि भारतीय पक्षले खलंगामा रहेको नेपाल-भारत सीमा पुल बन्द गरेको छ । दार्चुला सदरमुकाम खलंगामा रहेको सो पुल भारतले किन बन्द गरेको भन्ने खबर नभएको नेपाली प्रशासनले जनाएको छ ।

    महाकालीको बहाव नेपालतर्फ धकेलेर भारतले अनधिकृत पक्की संरचना बनाउन थालेपछि स्थानीयहरु आइतबार आन्दोलित भएका थिए । भारतीयले बनाएको अनधिकृत संरचना रोक्न माग गर्दै आइतबार दार्चुला सदरमुकाम खलंगामा नेपालीहरुले विरोध गरेका थिए । त्यसपछि पारीबाट विरोधमा उत्रिएका नेपालीमाथि ढुंगा हानिएको थियो ।

    आइतबार अपराह्न ४ बजे भएको ढुंगा हानाहानले बांगाबगरस्थित कैलाशपति आधारभूत विद्यालय नजिक खेलिरहेका चार बालक घाइते भएका थिए ।

    भारतीय पक्षबाट यस्ता हर्कत भईरहँदा पनि सरकार भने बेखबर जसरी बसिरहेको बेला भारतीय पक्षले फेरि आज एक्काशी नेपाल–भारत सीमा पुल बन्द गराएको हो ।

    दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार नेपालतर्फबाट सधैंकै समयमा सीमा पुल खोलिएको थियो । भारतीय पक्षबाट सीमा पुल बन्द गरेको बारेमा आफूहरुलाई केही जानकारी नआएको उनले बताए ।

    ‘भारततिर कुनै कार्यक्रम हुन सक्छ । त्यसको हामीलाई कुनै जानकारी छैन’ प्रमुख जिल्ला अधिकारी उपाध्यायले भने,–‘हिजो हाम्रोतर्फका बङ्गाबगरबासीले भारतीय पक्षले महाकालीको धार परिवर्तन हुने गरी निर्माण भइरहेको तटबन्धलाई रोक्न माग राख्दै स्थानीयले आक्रोशमा दुई घण्टा पुल बन्द गरेका थिए । स्थानीय र भारतीय पक्षसँग समन्वय गरेर हिजो नै समस्या समाधान गरिएको थियो । तर आज फेरि किन पुल बन्द गरियो भन्ने मलाई जानकारी छैन ।’

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...