बिहीबार काठमाडौँ महानगरपालिकाले कार्यालयको सबै कामकाज बन्द गरेको छ । २८ औँ महानगर दिवसको अवसरमा नगर कार्यपालिकाको कार्यालयले सूचना प्रकाशन गरी कार्यालयको कामकाज बन्द गर्ने जनाएको हो ।
काठमाडौँ महानगरपालिका केन्द्रीय कार्यालय तथा मातहतका सबै विभाग, आयोजना, कार्यक्रम, वडा कार्यालयहरू र एकाइहरूबाट प्रवाह हुने सेवा बन्द हुने सूचनामा उल्लेख गरिएको छ ।