News Portal

  • बैतडीमा शिक्षक, विद्यार्थी र स्थानीयवासी आन्दोलित, दोषी पत्ता लगाउन माग

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ५ पुस २०७९
    ३७० पटक
    भक्तपुर, ५ पुस २०७९

    बैतडीमा शिक्षक, विद्यार्थी र स्थानीयवासी आन्दोलित भएका छन् । बैतडीको पाटनमा मृत फेला परेका शिक्षक धनबहादुर विष्टको हत्या भएको भन्दै दोषी पत्ता लगाउन माग गर्दै स्थानीयवासी र विद्यार्थीहरू आन्दोलित भएका हुन् ।

    घटनाको निष्पक्ष छानबिन गरेर दोषी पक्राउको माग गर्दै उनीहरुले दशरथचन्द मार्ग अवरुद्ध गरेका गरेका छन् । मङ्गलबार बिहानैदेखि बैतडीको पाटनका विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन भएपछि दशरथचन्द राजमार्ग अवरुद्ध भएको हो ।

    गएको शनिबार बैतडीको श्रीकृष्ण माविको छात्रबास पछाडि भिरालो ठाउँमा शिक्षक विष्टको शव फेला परेको थियो । शवको पोस्टमार्टम गरिए पनि आफन्तले शव बुझेका छैनन् । मृतकका परिवारले दोषीको पहिचान नभएसम्म शव नबुझ्ने अडान लिएका छन् । मृत्यु हुनु एकदिन अगाडि (शुक्रबार) शिक्षक विष्ट कृष्ण माविकै शिक्षक र अन्यसँग पार्टीमा सहभागी भएका बताइएको छ ।

    दोषी पत्ता नलागेपछी विद्यालय बन्द
    शिक्षक मृत फेला परेको चार दिनसम्म पनि दोषी पत्ता नलागेपछी पाटन नगरस्तरीय नौ वटा शिक्षक सङ्गठनले नगरभित्रका विद्यालय बन्द गरेर शिक्षक र विद्यार्थी आन्दोलनमा उत्रिएका छन् । घटनाको सत्यतथ्य छानबिन गर्न एक दिन विद्यालय बन्द गरिएको शिक्षक डीबी महराले बताए ।

    उनले भने, “३४ वर्षसम्म शिक्षण सेवा गर्नु भएका शिक्षक धनबहादुर विष्टको मृत्युले शिक्षा जगतमा ठूलो क्षति भएको छ । दोषी पत्ता नागेसम्म हामी आन्दोलनमा उत्रिन्छौँ ।”

    आन्दोलनमा सहभागी हुन बैतडीको खोड्पे बजारका स्थानीयलेसमेत एक घण्टा बजार बन्द गरेर शिक्षक विष्टको न्यायका लागि प्रदर्शन गरेका छन् । सडक अवरुद्ध हुँदा लामो तथा छोटो दूरीमा चल्ने सवारी साधन बाटोमा रोकिएका छन् ।

    प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको जनाएको छ । घटनाका विषयमा सूक्ष्म अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । आन्दोलित पक्षसँग वार्ता गरेर अवरुद्ध सडकखण्ड सुचारु गर्ने प्रयास भइरहेको उनको भनाइ छ । गोरखापत्रको सहयोगमा

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...