News Portal

  • आगामी शैक्षिक सत्रदेखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम लागू हुने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ७ पुस २०७९
    ९७८ पटक
     भक्तपुर, ७ पुस २०७९

    आगामी शैक्षिक सत्र २०८० देखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम अनुसार पठनपाठन हुने भएको छ । पाठ्यक्रम परिवर्तनका लागि काम भइरहेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।

    जसअन्तर्गत कक्षा ५ र १० को पाठ्यक्रमको खाका निर्माण सकिएको र कक्षा ८ को खाका निर्माणकै क्रममा रहेको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालले बताएका छन् ।

    उनले भने, ‘आगामी शैक्षिक सत्रबाट कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रमअनुसार पढाइ हुनेछ । यसका लागि पाठ्यक्रम विकास केन्द्रले काम गरिरहेको छ । कक्षा ५ र १० को पाठ्यक्रमको खाका तयार भएको छ । अब कक्षा ८ को खाका तयार गर्दैछौं ।

    नयाँ पाठ्यपुस्तकको ‘प्रिन्ट रेडी कपी’ (छाप्नका लागि तयार भएको मस्यौदा) जनक शिक्षा सामग्री केन्द्रलाई पठाएपछि केन्द्रले छपाइ गर्नेछ । कक्षा ५ को प्रिन्ट रेडी कपी जनक शिक्षा सामग्री केन्द्रमा पठाइसकिएको उनले बताए ।

    गत वर्ष कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यक्रममा आधारित भएर पठनपाठन सुरु भइसकेको छ । आगामी वर्ष २०८० मा माध्यमिक शिक्षा परीक्षा (एसइई) पढेर परीक्षा दिने विद्यार्थीले नयाँ पाठ्यक्रममा आधारित भएर परीक्षा दिनुपर्नेछ । तर २०७९ सालको एसइई दिने विद्यार्थीले भने पुरानै पाठ्यक्रममा आधारित भएर परीक्षा दिनेछन् ।

    सरकारले २०८० सालसम्म विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम लागू गर्ने योजना यसअघि बनाएको थियो । सरकारको यही योजनाको आधारमा नयाँ पाठ्यक्रम लागू गर्न थालिएको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक अर्यालले जानकारी दिए ।

    कक्षा ८ र १० को अनिवार्य विषयअन्तर्गत अङ्ग्रेजी, नेपाली, गणित, विज्ञान र सामाजिक विषय तथा कक्षा ५ को अङ्ग्रेजी, नेपाली, गणित, विज्ञान, सामाजिक र स्वास्थ्य तथा शारीरिक विषयको पाठ्यक्रम नयाँ हुनेछ ।

    विश्वव्यापी नियम अनुसार नै हरेक पाँच वर्षमा पाठ्यपुस्तकको पाठ्यक्रम पुनरवलोकन हुने र १० वर्षमा पाठ्यक्रम नै परिवर्तन गर्ने व्यवस्था रहेको छ । यसअघि कुनै कक्षाको १० वर्ष र कुनैको १३ वर्षमा पाठ्यक्रम परिवर्तन गरिएको थियो । २०६३ सालपछि २०७६ सालमा मात्र पाठ्यक्रम परिवर्तन भएको थियो ।

    ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ २०७६ अनुसार २०८० सम्म विद्यालय तहका सबै कक्षाको पाठ्यक्रम परिवर्तन गर्ने योजना छ । २०७७ मा मात्र कक्षा १ र ११ को पाठ्यक्रम परिवर्तन भएको थियो । २०७८ मा कक्षा २ ,३ र १२ कक्षाको पाठ्यक्रम परिवर्तन गरी नयाँ लागू भएको थियो । यस्तै २०७९ सालको नयाँ शैक्षिक सत्रदेखि कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यक्रम लागू भइसकेको छ । गोरखापत्र दैनिक

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...