News Portal

  • झुण्डिएको श्रीमती बचाउन हिडेका श्रीमान‍को मृत्यु

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १० पुस २०७९
    ३९० पटक
    भक्तपुर, १० पुस २०७९

    सिन्धुपाल्चोकमा भर्‍याङको सिढीबाट लडेर एक पुरुषको ज्यान गएको छ । झुण्डिएको अवस्थामा रहेको श्रीमतीलाई बचाउन हिडेका ४५ वर्षीय शेरबहादुर श्रेष्ठ माथिल्लो तल्लाबाट एक्कासी तल झर्दा गम्भीर घाइते भएका थिए । श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो ।

    बलेफी गाँउपालिका ५ माथिल्लो बजारमा शुक्रबार पौने ९ बजेको समयमा २ तले पक्की घरको भुई तल्लामा रहेको सिलिङ पंखाको फलामको डण्डीमा तन्नाको पासो लगाई झुण्डिएको अवस्थामा श्रीमती देखेपछि एक्कासी तल झर्दा उनी लडेर घाइते भएका थिए । मृतकले अत्याधिक मात्रामा मदिरा सेवन गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

    आत्महत्या प्रयास गर्ने उनकी श्रीमती ४६ वर्षकी केशरी श्रेष्ठको हाल धुलिखेल अस्पतालमा उपचार भइरहेका र अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक शिव कुमार बुढाथोकीले जानकारी दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...