News Portal

  • २५ गते संसद अधिवेशन आह्वान गर्ने सरकारको निर्णय

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १२ पुस २०७९
    ३०० पटक
     भक्तपुर, १२ पुस २०७९

    आगामी पुस २५ गते सरकारले संघीय संसदको अधिवेशन आह्वान गरेको छ । सोमबार बसेको नवगठित मन्त्रिपरिषदको बैठकले आगामी पुस २५ गते बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तीन उपप्रधानमन्त्रीसहित ८ मन्त्रीले शपथ र पदभार ग्रहण गरेपछि सोमबार बेलुकी मन्त्रिपरिषद्को पहिलो बैठक बसेको थियो । बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले बैठकले प्रतिनिधिसभाको बैठक बोलाउने बारे पनि निर्णय गरेको बताएका थिए ।

    सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले सरकारको औपचारिक निर्णय प्राप्त भएलगत्तै संसदको अधिवेशन आह्वान हुने जानकारी दिए।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...