News Portal

  • देउवालाई सरकारी निवास छाड्न केही दिन अझै लाग्ने

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १२ पुस २०७९
    ३१२ पटक
    भक्तपुर, १२ पुस २०७९

    निवर्तमान प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारी निवास छाड्न केही दिन लाग्ने भएको छ ।

    आकस्मिक रुपमा सत्ता गठबन्धन टुटेसँगै प्रतिपक्षमा पुगेका देउवा प्रधानमन्त्री पद गुमाउँदै सरकारी निवास बालुवाटार छाड्नुपर्ने अवस्थामा पुगेका हुन् ।

    आइतबार नेकपा मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेसहित सात दल र केही स्वतन्त्र सांसदको सर्थनमा प्रधानमन्त्री नियुक्त भएसँगै निवर्तमान बनेका देउवाले सरकारी निवास छाड्दै छन् ।

    बूढानीलकण्ठस्थित देउवा निवास मर्मत कार्य चलिरहेकाले भाडाको घर खोजिरहेको देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।

    उक्त घर मर्मत गर्न करिब ४ महिना लाग्ने देखिएको उनले बताए । भाडाको घर खोज्ने कार्य जारी रहेको र भेटिएलगत्तै सरकार निवास छाडिने परियारले जानकारी दिए ।

    निर्वाचनबाट पहिलो पार्टी बनेको कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुबै पदको दाबी नछाडेपछि अन्तिम समयमा आएर माओवादीले एमालेसँग सहकार्य गरेको थियो ।

    जसका कारण अप्रत्यासित रुपमा कांग्रेस सत्ताबाहिर पुगेको हो । सत्तामै निरन्तर रहने विश्वासका साथ देउवाले बूढानीलकण्ठको घर मर्मत गर्न लगाएको बताइएको छ ।

    यता प्रधानमन्त्रीमा नियुक्तलगत्तै सरकारी निवास बालुवाटार सर्नपर्ने भएपनि खाली नहुँदा प्रधानमन्त्री प्रचण्ड खुमलटारमा रहेको नीजि निवासमै बसेका छन् । जसले गर्दा प्रचण्डलाई बधाई दिन पुगेकाहरुको भीड बढेको छ ।

    सोमबार ४४औं प्रधानमन्त्रीको रुपमा शपथ लिएका प्रचण्डलाई मंगलबार बिहानैदेखि खुमलटारमा भेट्न पुग्नेहरुको चाप बढेको उनको सचिवालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...