News Portal

  • माओवादी केन्द्रलाई बागमतीमा संसदीय दलको नेता चुन्न सकस, सहमतीमै हुनुपर्ने श्रेष्ठको सुझाव

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १५ पुस २०७९
    ५९४ पटक
    भक्तपुर, १५ पुस २०७९

    बागमती प्रदेश सभामा संसदीय दलको नेता को बन्ने भन्ने विषयमा नेकपा(माओवादी केन्द्र) भित्र तिब्र प्रतिष्पर्धा देखिएको छ । मूख्यत: ३ नेताहरुबीच संसदीय दलको नेता बन्ने विषयमा तिब्र प्रतिष्पर्धा देखिएको हो ।

    माओवादी केन्द्रका तर्फबाट बागमती प्रदेश सभामा प्रत्यक्षबाट १४ र समानुपातिक बाट ७ गरी कूल २१ सदस्य रहेका छन् । दलको नेता चुन्न बसेको शुक्रवारको बैठक बिना निष्कर्ष टुंगिएको बताइएको छ । उक्त पदमा पार्टीका पोलिटब्युरो सदस्य एवं निवर्तमान संसदीय दलको नेता शालिकराम जमरकट्टेलले आफूलाई दोहोर्याउन पर्ने अडान राखेका छन् भने पार्टीका बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले आफू प्रदेश अध्यक्ष पनि भएकोले दलको नेता आफैले पाउनुपर्ने दावी पेश गरेका छन् । त्यसैगरी पार्टीका केन्द्रीय सदस्य युवराज दुलालले पनि पनि आफ्नो दावी पेश गर्दा शुक्रवारको बैठक निष्कर्षमा पुग्न नसकेको हो ।

    प्रदेश सभामा दलको नेतृत्व गर्ने कुरा महत्वपूर्ण भएकोले सघन छलफल भैरहेको र सहमती जुट्न नसके निर्वाचनबाट दलको नेता टुंगो लाग्ने एक सहभागीले संकेत गरेका छन् ।

    निर्वाचन बाट दलको नेता चुन्नु भन्दा सर्वसम्मत चुनिनुपर्ने आफूहरुले राय राखेको पार्टीका केन्द्रीय सदस्य एवं प्रदेश सभा सदस्य देवेन्द्र श्रेष्ठले प्रतिक्रिया दिएका छन् । क्रान्तिकारी पार्टीमा बुर्जुवा सस्कार उपयुक्त नहुने जिकिर गर्दै उनले प्रदेश इन्चार्ज हितमान शाक्य र सह इन्चार्ज नारायण दाहाल लगायतले यसको उपयुक्त समाधान निकाल्ने बिश्वास व्यक्त गरे । प्रदेश सभा पनि आन्दोलनकै मोर्चाको रुपमा रहेको भन्दै उनले त्यहाँ कसलाई नेतृत्व दिने भन्ने पार्टीकै निर्णय हुनुपर्ने प्रष्ट पारे । आफू प्रदेश सभामा सिनियर भएपनि पदको दावेदार नभएको जिकिर गर्दै श्रेष्ठले निर्वाचन भए आफू संग पनि उम्मेदवार हुने वा, मतदानमा सहभागी नहुने दुई बिकल्प रहेको बताएका छन् । माओवादी केन्द्रका तर्फबाट भक्तपुरका देवेन्द्र श्रेष्ठ दिवाकर र भुवनकेशरी श्रेष्ठ भावना प्रदेश सभामा पुगेका छन् ।

    सत्ता साझेदार दल भएको र मूख्य मन्त्री भागमा पर्ने सम्भावना रहेकाले पनि माओवादी केन्द्र भित्र दलको नेता बन्ने विषय पेचिलो बनेको बताइन्छ । निर्वाचन भएको खण्डमा प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलको पल्ला भारी रहेको श्रोतको दावी रहेको छ । केही नयाँ गर्ने जोश जागरयुक्त युवा नेता भएको र सबै संग घुलमिल हुने क्षमताका कारण उनी सर्वाधिक रोजाइमा रहेको श्रोतले जनाएको छ । पार्टीको प्रदेश अध्यक्षमा पनि उनी चुनावी प्रतिष्पर्धा बाट निर्वाचित भएका नेता हुन् । निवर्तमान दलका नेता जमरकट्टेललाई अघिल्लो कार्यकालमा सबैलाई मिलाएर लान नसकेको, मन्त्रीमा हरेक पटक आफैं सहभागी भएको र उल्लेखनीय उपस्थिति जनाउन नसकेको आरोप लागेकाले उनी दोहोरिन सक्ने कम सम्भावना रहेको श्रोतको दावी छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...