News Portal

  • भेडेटारमा दसौं परिकार महोत्सव सुरु

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १७ पुस २०७९
    ३५१ पटक
     भक्तपुर, १७ पुस २०७९

    चर्चित पर्यटकीय स्थल भेडेटारमा तीन दिने दसौं परिकार महोत्सव सुरु भएको छ । होटेल एसोसिएसन भेडेटारले पर्यटक भित्राउने उद्देश्य सहित अङ्ग्रेजी नयाँ वर्ष २०२३ लाई लक्षित गरी दशौँ खाना महोत्सव आयोजना गरेको हो ।

    महोत्सवको मुख्य आकर्षणमा स्थानीय खानाका परिकार, स्थानीय अर्ग्यानिक खेतीबाट उत्पादित तरकारी तथा फलफूलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु सामग्रीहरू रहेका छन् । महोत्सवमा आउने आगन्तुकहरूलाई प्याराग्लाइडिङ, माउन्टेन बाइक र टुर प्याकेजको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

    होटेल एसोसिएसन भेडेटारको अध्यक्ष शान्ति लिम्बूका अनुसार महोत्सवमा ३० हजार आन्तरिक तथा बाह्य पर्यटक आउने र एक करोड रुपैयाँ बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको छ ।

    महोत्सवमा आउने पर्यटकलाई साँगुरीगढी गाउँपालिकाभित्र रहेको ऐतिहासिक स्थल साँगुरीगढी, पाथीभरा मन्दिर, शंखेश्वर महादेवको मन्दिर, नाम्जे, नमस्ते झर्ना, शैलुङडाँडा, आत्मा बस्ने घर थुम्की, बौद्धविहार गुम्बा, ध्वजेडाँडा अजङ्गको वरको रूखघुमाइने जनाइएको छ । २०६८ सालबाट सुरु गरिएको सो महोत्सवमा स्वदेशी मात्र नभई विदेशी पर्यटक समेत रहेको आयोजकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...