News Portal

  • प्रधानमन्त्रीले गरे पोखरा अन्तराष्ट्रिय विमानस्थलको उद्घाटन

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १७ पुस २०७९
    ३६७ पटक
    भक्तपुर, १७ पुस २०७९

    प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा अन्तराष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् । आईतबार पर्यटकीय नगरी पोखरामा आयोजित विशेष समारोहमा पानसमा दिप बालेर प्रधानमन्त्री प्रचण्डले सो अन्तराष्ट्रिय विमानस्थलको औंपचारिक उद्घाटन गरेका हुन् ।

    त्यस अवसरमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललगायतको उपस्थिति रहेको थियो । यस अघि त्यस क्षेत्रका हेलिकप्टरमार्फत् पुष्प वृष्टि गरिएको थियो । समारोहमा पोखराबासीको उत्साहजनक उपस्थिति रहेको छ ।

    २०३२ सालमा तत्कालीन अञ्चलाधीश शंकरराज पाठकले विमानस्थलको परिकल्पना गरेर जग्गा अधिग्रहण सुरु गरेका थिए । पटक पटक गरेर करिब ४ हजार रोपनी जग्गा अधिग्रहण गरिएको छ । पोखरा देशकै प्रमुख पर्यटकीय गन्तव्य भएकोले विमानस्थल सञ्चालनपछि पर्यटन क्षेत्रले बढी लाभ लिने उनले बताए ।

    २०७३ सालको वैशाख १ गते शिलान्यास भएको विमानस्थल १ वर्षपछि देखि निर्माण सुरु भएको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । चीनको निर्माण कम्पनी सिएएमसीइले निर्माण गरेको एयरपोर्टका लागि चीनकै एक्जिम बैंकले ऋण सहयोग गरेको हो । करिब २२ अर्ब लागतमा एयरपोर्ट निर्माण गरिएको हो ।

    निर्माण सकिन ७ प्रतिशत बाँकी छँदै निर्माण कम्पनीले सरकारलाई एयरपोर्ट हस्तान्तरण गरिसकेको थियो । चैतमा चीनका विदेशमन्त्री वाङ यीको उपस्थितिमा एयरपोर्ट हस्तान्तरण भएको हो । तत्कालीन समयमा निर्माण कम्पनी सिएएमसीइका अध्यक्षले पोखरा एयरपोर्ट वान वेल्ट वान रोड अन्तर्गतको परियोजनाका रुपमा चित्रित गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...