News Portal

  • पुस २३ गते सर्वोच्च बारको निर्वाचन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १९ पुस २०७९
    २५१ पटक
     भक्तपुर, १९ पुस २०७९

    सर्वोच्च बार एशोसिएशनको निर्वाचन यहि पुस २३ गते हुने भएको छ । एशोसिएशनको ३४औँ नयाँ कार्यसमिति चयन गर्न सो निर्वाचन गर्न लागेको हो ।

    निर्वाचनमा सत्ता र विपक्षी दलनिकट कानुन व्यवसायीबीच समूहगतरूपमा प्रतिस्पर्धा हुने भएको छ । दुई समूहको आ–आफ्नो समूह प्यानलसहित मनोनयन दर्ता भइसकेको छ ।

    निर्वाचनमा बृहत् लोकतान्त्रिक र प्रगतिशील, पेसागत तथा गणतान्त्रिक समूह बनाएर चुनावी मैदानमा उत्रिएका छन् । लोकतान्त्रिक समूहबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता हरिशङ्कर निरौलाले उम्मेदवारी दिएका छन् भने प्रगतिशीलबाट वरिष्ठ अधिवक्ता तुलसी भट्टले अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

    यस्तै एक उपाध्यक्षमा लोकतान्त्रिकबाट जगदीशप्रसाद पाण्डे र प्रगतिशीलबाट रामकृष्ण काफ्ले छन् । सचिवमा लोकतान्त्रिकबाट कल्याण पोखरेल र प्रगतिशीलबाट श्यामकुमार खत्री प्रतिस्पर्धामा छन् ।

    सहसचिवमा लोकतान्त्रिकबाट सुजन लोप्चन र प्रगतिशीलबाट सङ्गीना शाक्य उम्मेदवार छन् । एक कोषाध्यक्ष पदका लागि लोकतान्त्रिकबाट रामचन्द्र पौडेल र प्रगतिशीलबाट कपिलचन्द्र पोखरेल प्रतिस्पर्धामा छन् । एक महिला सदस्यका लागि लोकतान्त्रिकबाट कमला रोका गिरी र प्रगतिशीलबाट सिर्जना कँडेल छन् ।

    सर्वोच्च बारमा छ सय २१ जना मतदाता छन् । सर्वोच्च बारमा दुई वर्षको कार्यकाल रहन्छ । यसअघि पनि विसं २०७७ पुस २३ गते नै नयाँ कार्यसमितिका लागि निर्वाचन भएको थियो । सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेका अनुसार दुई वर्षअघि पुस २३ गते नै निर्वाचन भएको थियो । पदमा एक मिनेट पनि बढी बस्न नहुने सिद्धान्तअनुसार सोही दिन निर्वाचन गर्न लागिएको हो ।

    प्रतिकृया दिनुहोस्

    अरनिको राजमार्गमा ५० किलोको पहिरो पन्छाइयो

    अरनिको राजमार्ग एकतर्फि सुचारु भएको छ । गएराति करिब १० बजेदेखि अवरुद्ध काभ्रे पाँचखाल-८ पचास...

    सबै मिलेर लगाऔॅं केफिए

    यसपालिको दसैंमा, यसपालिको तिहारमा, यसपालिको छठमा टोपी लगाउन नभन्नुहोला! खादा ओढ्न नभन्नुहोला! यसपालिको जाडोमा, पुष-माघको...

    विजयादशमीमा भक्तपुरका सहयोगापेक्षीलाई भोजनसेवा

    भक्तपुरका सडकमा रहेका सहयोगापेक्षीलाई मिष्ठान्न भोजन प्रदान गरिएको छ । विजयादशमीको अवसरमा शनिवार सडकमा रहेका...

    खुल्न नपाई विपि राजमार्ग पुनः अवरुद्ध, यात्रा नगर्न अनुरोध

    विपिराजमार्ग पुनः अवरुद्ध भएको छ । काभ्रेको रोशी-११ पिप्लेस्थित वि.पि.राजमार्गमा माथिबाट सुख्खा पहिरो आएकोले बाटो...

    सहि कर्मले मात्र सहि ठाँउमा पुर्याउँछ : सांसद थापा

    प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले सहायता फाउन्डेसन जस्ता संस्थाका कारण सामाजमा सेवाभाव जिउँदो रहेको बताएका...