News Portal

  • राष्ट्रिय भूकम्प सुरक्षा दिवस, २०७९ मनाउन प्राधिकरणले गर्यो यस्तो निर्णय

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १९ पुस २०७९
    ३१५ पटक
     भक्तपुर, १९ पुस २०७९

    नेपाल सरकार गृहमन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले २५ औं राष्ट्रिय भूकम्प सूरक्षा दिवस, २०७९ को मूल समारोहस्थल काठमाडौं महानगरपालिकामा गर्ने र दिवस मनाउनेबारे संघ, प्रदेश, जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहहरुलाई पत्राचार गर्नेलगायतका निर्णयहरू गरेको छ ।

    सोमबार उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा गृहमन्त्रालयको सभाकक्षमा बसेको बैठकले सो निर्णयहरु गरेको हो ।

    बैठकमा गृहमन्त्री लामिछानेले भूकम्प सुरक्षा दिवस मूल समारोह समितिले तय गरेका कार्यक्रम र व्यवस्थापनहरुबारे आफ्नो धारणा राख्दै भूकम्प सुरक्षा आफैमा गहन विषय भएको हुँदा यसको सुरक्षा र व्यवस्थापनबारे जनतालाई सचेत पार्नुपर्ने आवश्यकता औंल्याए ।

    उनले भूकम्प जोखिम न्यूनीकरण सम्बन्धी आयोजना गर्ने कार्यक्रमको प्रभावकारिताबारे समीक्षा गर्न आवश्यक भएको बताए । राष्ट्रिय भूकम्प सूरक्षा दिवसमा महानगरपालिका र नगरपालिकाहरुको सक्रिय सहभागिता रहने उनको विश्वास छ ।

    त्यस्तै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले भौतिक पूर्वाधार तथा निर्माणमा मापदण्ड तयार गरी भूकम्प प्रतिरोधी संरचना निर्माणको लागि आवश्यक व्यवस्था मिलाउँदै आएको बताए ।

    उनले राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा भक्तपुर नपाले माघ २ गते जनचेतनामूलक प्रदर्शनी, र्याली र भूकम्पसम्बन्धी राष्ट्रिय सम्मेलन गर्ने कार्यक्रम रहेको अवगत गराए ।

    भक्तपुर नपाले बस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड २०७२ लागू गरी निजी आवासीय भवनहरु भूकम्प प्रतिरोधी बनाउन नगरबासीहरुलाई प्रेरित गरिरहेको जानकारी उनले दिए । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङबाट विकास निर्माणको लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गरी बलियो र भरपर्दो निर्माणको लागि राष्ट्रिय रुपमै टेवा पुगेको प्रमुख प्रजापतिको भनाइ छ ।

    नगरपालिकाले विपद् जोखिम न्युनीकरण एवम् पुनःउत्थानको लागि आवश्यक जनशक्ति तयार गर्न तालिम सञ्चालनमा जोड दिँदै आएको भन्दै उनले प्रत्येक वर्ष भवन निर्माण कार्यमा संलग्न डकर्मी, सिकर्मीलगायतका प्राविधिकहरुलाई भूकम्प प्रतिरोधी प्रविधिसम्बन्धी तालिम प्रदान गर्दै आएको जनाए ।

    ललितपुर महानपाका प्रमुख चिरीबाबु महर्जनले भवन निर्माण संहिता कडाइका साथ लागू भएको कारण २०७२ सालको भूकम्पमा मानवीय र संरचनागत क्षति निकै कम मात्र भएको बताउँदै प्रत्येक वर्ष भूकम्पसम्बन्धी राष्ट्रिय प्रदर्शनी आयोजना गरी जनतालाई यसबारे सचेत बनाउनु उचित हुने तर्क प्रस्तुत गरे ।

    बैठकमा भूकम्प सुरक्षा दिवस मूल समारोह समितिका सदस्यको रुपमा रहेका विभिन्न मन्त्रालयका सचिव, प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा सरकारी प्रतिनिधिहरुले भूकम्प केन्द्रित नारा तय गर्नुपर्ने, भूकम्पबाट बच्न बलियो र गुणस्तरीय निर्माणमा जोड दिनुपर्ने, शैक्षिक संस्थाहरुलाई सचेतना र्यालीमा सहभागिताको लागि आह्वान गर्नुपर्ने, स्थानीय तहहरुमा खुल्ला ठाउँहरु कायम गर्नुपर्नेलगायतका धारणाहरु राखेका थिए ।

    बैठकमा मन्त्री लामिछानेले बि.सं. २०५५ सालदेखि २०७८ सालसम्मका विषयगत प्राथमिकता समेटिएको ‘नेपालमा भूकम्प सुरक्षा दिवस’ नामक पुस्तक समेत विमोचन गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    समाजवादी प्रेस संगठनका अध्यक्ष र महासचिव नै एमाले प्रवेश, भक्तपुरबाट भने कोही गएनन्

    नेकपा(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदी बिमसु नै एमाले निकट प्रेस चौतारीमा...

    शनिबार भक्तपुरको सूर्यमढीमा नि:शुल्क दन्त शिविर संचालन हुने

    नेकपा(माओवादी केन्द्र)को सहायक संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालको भक्तपुर नगर समितिले नि:शुल्क दन्त शिविर...

    पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष विष्टलाई पितृशोक

    नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवं सार्वजनिक प्रसारण सेवा नेपालका अध्यक्ष डा. महेन्द्र विष्टलाई पितृशोक...

    भक्तपुरका जिसस प्रमुखको गुनासो – चार मेयर चार मुख गर्नुहुन्छ

    एचआईभी संक्रमित तथा लागुपदार्थ प्रयोगकर्ताहरुको उपचार, पुनःस्थापना तथा जीविकोपार्जनमा भक्तपुरका चार वटा नगरपालिकाले बेवास्ता गरेको...

    प्रेस सेन्टर काभ्रेमा नयाँ नेतृत्व

    काभ्रे । प्रेस सेन्टर नेपालको काभ्रेपलाञ्चोक जिल्ला शाखामा नयाँ नेतृत्व चयन भएको छ । बनेपामा...