News Portal

  • लामिछानेको मुद्दाको सुनुवाइ पुन: स्थगित

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २१ पुस २०७९
    ३४९ पटक
    भक्तपुर, २१ पुस २०७९

    नेपाली क्रिकेटका राष्ट्रिय टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ पुन: स्थगित भएको छ । लामिछानेलाई पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालतको आदेशविरुद्धको पुनरावेदन मुद्दामा बिहीबार पेशी तोकिए पनि सुनुवाइ अन्तिम समयमा स्थगित भएको हो ।

    उच्च अदालत पाटनमा न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र नरिश्‍वर भण्डारीको संयुक्त इजलासमा चौथो नम्बरमा पेशी तोकिए पनि सन्दीपकै वकिलले मुद्दाको सुनुवाइ स्थगित गराएका हुन् ।

    योसँगै लगातार तेस्रो पटक सुनुवाइ रद्द भएको हो । यसअघि पहिलोपटक पनि सन्दीप पक्षले नै सुनुवाइ रोकेको थियो । गत १४ पुसमा तोकिएको सुनुवाइ हेर्दाहेर्दैमा गएको थियो ।

    जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए ।

    नाबालिग किशोरीलाई जबर्जस्ती बलात्कारको अभियोगमा थुनामा पठाइएका लामिछानेका कानुन व्यवसायीले गत मंसिर २९ गते पुनरावेदन दर्ता गराएका थिए ।

    पीडित भनिएकी किशोरीको २ वटा जन्मदर्ता रहेको र उनी नाबालिग नभएको भन्दै अलालतमा प्रमाण पेश गरेका छन् । अदालतले त्यसबारेमा सम्बन्धित कार्यालयबाट प्रमाण समेत झिकाइसकेको छ ।

    तीनै दोहोरो कागजातका आधारमा पीडित नाबालिग नरहेको र लामिछानेले जबर्जस्ती करणी पनि नगरेको दाबीसहित उनी पक्ष उच्च अदालत पुगेको हो ।

    यसअघि जिल्ला अदालतमा थुनछेकको बहसका क्रममा सन्दीपका वकिलहरुले नाबालिग भनिएकी पीडितको उमेर १८ वर्ष ३ महिना भइसकेकाले अभियोग नै गलत भएको तर्क गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...