News Portal

  • अर्थतन्त्र सुधारको प्रमुख आधार कृषि

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २२ पुस २०७९
    ३२१ पटक
    भक्तपुर, २२ पुस २०७९

    राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले अहिलेको आर्थिक अवस्था सुधारका लागि कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

    नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. को १५ औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष तिमल्सिनाले कृषि र पशुपालनलाई आर्थिक रुपान्तरणसंग जोड्न सके मात्र देशको वर्तमान आर्थिक अवस्था सुधार गर्न सकिने बताए ।

    अर्थतन्त्र सुधारका लागि सरकार, सहकारी र निजी क्षेत्रलाई तीनखम्बे नीतिका रुपमा स्वीकार गरिसकेकोले अब आर्थिक समृद्धि मार्फत ग्रामीण क्षेत्रको अर्थतन्त्र सुधार सहित समग्र देशको आर्थिक अवस्था सुधारमा कृषिलाई उच्च महत्वकासाथ सरकारले अगाडि बढाएको उनले बताए ।

    नेपाल कृषि प्रदान देश भएपनि कृषिको आयत प्रतिस्थापन हुन नसक्नुको कारण पहिल्याउँदै सुधारका कामहरुलाई सरकारले पनि उच्च महत्वका साथ अगाडि बढाउने बताएका छन् ।

    कार्यक्रममा सहकारी महासंघका पूर्व अध्यक्ष एवम् पूर्व मन्त्री केशव बढालले ग्रामीण क्षेत्रको अर्थतन्त्र सुधारका लागि खेलेको भूमिका प्रसंशा गर्न लायक रहेको जनाए । उनले अहिले पनि कृषि र पशुपालनमा युवाहरुलाई आकर्षित गर्न नसकेको अवस्थालाई ध्यानमा राखेर नेपाल कृषि सहकारी केन्द्रीय संघले नेतृत्वदायी भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याए ।

    नेपालमा सहकारी आन्दोलनलाई उत्पादन र उत्पादकत्व बढाउने कार्यमा साना किसानहरुले महत्वपूर्ण योगदान दिन सकेको भन्दै बडालले सरकारले किसानका लागि आवश्यक पर्ने सबै ऐन नियम र कानुनहरु निर्माण गरिदिनुपर्नेमा जोड दिए ।

    कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारी अभियानलाई माथी उठाउन नेपाल कृषि सहकारी केन्द्रीय संघले खेलेको भूमिका प्रति आभार प्रकट गरे । उनले दक्षिण एसियाकै उदाहरणीय संस्थाका रुपमा केन्द्रीय संघले काम गरेको भन्दै राउटे किसान देखी सिमान्तकृत, दलित, जनजाती, पिछडिएको वर्गलाई एकीकृत गर्न सफल भएकोमा खुसी व्यक्त गरे ।

    कार्यक्रममा सहकारी विभागका रजिष्टार रुद्र पण्डितले नेपलामा विभिन्न किसिमका सहकारी रहे पनि खास सहकारी नेपाल कृषि सहकारी केन्द्रीय संघ रहेको बताए । उनले किसानहरुको हितमा काम गर्ने संस्थाका रुपमा नेपाल कृषि सहकारी केन्द्रीय संघ लाई सहकारी विभागबाट सकारात्मक रुपान्तरणका लागि सदैव साथ सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

    सहकारी मार्फत ग्रामीण क्षेत्रको अर्थतन्त्र सुधारमा उदाहरणीय कार्य गर्न सफल नेपाल कृषि सहकारी केन्द्रीय संघले अब कृषि र पशुजन्य उत्पादनका आफ्नै साना, लघु र ठूला उद्योग सञ्चालनका लागि काम गर्नुपर्ने आवश्यकता औंल्याए ।

    रजिष्टार पण्डितले अहिले सहकारीले आफ्नै उद्योग सञ्चालन गर्न केही कठिनाईहरु रहेको भन्दै आगामी दिनमा यि समस्याहरु समाधानका लागि आफु तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।

    उष्कृष्ट किसानलाई पुरस्कार
    कार्यक्रममा साना किसान कृषि सहकारी संस्था मार्फत उत्कृष्ट कार्य गरेका शिर्ष साना किसान कृषि सहकारी संस्था लि, डडेलधुराका लालसिंह राउटेलाई उष्कृष्ट किसानका रुपमा पुरस्कृत गरिएको छ ।

    यसैगरी धादिङका चेत बहादुर गाईने, धनुषाकी बिना देवी महरा चमार, भुटी देवी मुसहर्नी धनुषा, ललिता देवी दास तत्मा धनुषा, झापाकी फुलमुनी हेमरम सतार, इलामकी सङमीत लाप्चा र चितवनको शक्तिखोरकी टिकामाया प्रजालाई उत्कृष्ट किसान पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।

    कार्यक्रममा उत्कृष्ट युवा उद्यमी किसानबाट सुर्खेतकी देवीसरा घर्ती, नुवाकोटका सुन्दर नेपाल र कास्कीका भोज बहादुर तामाङलाई पुरस्कार प्रदान गरिएको थियो । यसैगरी उत्कृष्ट सञ्चालकको पुरस्कार उदयरपुरको महिला साना किसान कृषि सहकारी संस्था लि. सुन्दरपुर की निवर्तमान अध्यक्ष किरण कुमारी चौधरीलाई प्रदान गरिएको थियो ।

    यसैगरी देशभर रहेका ११ सय ३९ संस्था मध्ये साना किसान कृषि सहकारी संस्था लि. पृथ्वीनगर झापा र वसन्त साना किसान कृषि सहकारी संस्था लि. बदालपुर बर्दियालाई उत्कृष्ट साना किसान कृषि सहकारी संस्थाका रुपमा पुरस्कृत गरिएको थियो ।

    समुदायमा आधारीत साना किसान कृषि सहकारी संस्था मार्फत साना किसान र गरिब किसानहरुको आर्थिक अवस्था सुधारका लागि काम गर्दै आएका संस्थामार्फत सेवा प्रवाहलाई उत्कृष्ट बनाउन सफल उत्कृष्ट प्रवन्धकका रुपमा समालवुङ साना किसान कृषि सहकारी संस्था लि. इलामकी शान्ता कार्की खड्का, साना किसान कृषि सहकारी संस्था लि. बज्रवारहीका ध्रव प्रसाद विडारी, साना किसान कृषि सहकारी संस्था लि. विरेन्द्र नगर चितवनका पुष्पराज राना र साना किसान कृषि सहकारी संस्था लि. बेदकोट दैजीका कर्ण बहादुर धामीलाई पुरस्कृत गरिएको थियो । यसैगरी नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. को तालिम तथा अनुसन्धान केन्द्र चितवनमा कार्यरत कर्मचारी रामहरी भट्टराईलाई उत्कृष्ट कर्मचारीका रुपमा पुरस्कृत गरिएको थियो ।

    नेपाल कृषि सहकारी केन्द्रीय संघमा अहिले देशभरका ११ सय ३९ साना किसान कृषि सहकारी संस्था लि. आवद्ध रहेका छन् । संघको सञ्जाल ७७ वटै जिल्लामा विस्तार भएको छ भने १२ लाख परिवारका ६० लाख परिवार सदस्यहरु आवद्ध रहेका छन् । ग्रामीण क्षेत्रको अर्थतन्त्र सुधारसंगै आर्थिक, सामाजिक सचेतनाकोस्तर वृद्धिमा नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. ले काम गर्दै आईरहेको छ । यसैगरी नेपाल सरकार, सहयोगी निकाय र सरोकारवाला निकायहरुसंग सहकार्य गर्दै कृषि र पशुजन्य उत्पादन र उत्पादकत्व बढाउन नेपाल कृषि सहकारी केन्द्रीय संघले नेतृत्वदायी भूमिका खेलीरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    आज क्रिसमस, देशभर सार्वजनिक बिदा

    क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्म दिनको सम्झनामा आज  क्रिसमस डे मनाइदैछ । क्रिसमस पर्वको...

    ढोङ होइन, ध्यानले जीवन धन्य हुन्छ

    आज विश्वभर पहिलो पटक मनाउँदै गरिएको विश्व ध्यान दिवस (world meditation day )को अवसरमा सबैमा...

    बालकोटमा बुवा र भाइको हत्यामा मिलनकै संलग्नता, किन गरे यस्तो अपराध

    bhaktapur police

    भक्तपुरको सूर्यविनायक-२ बालकोटमा बुवा र भाइको हत्यामा संलग्न रही फरार भएका भनिएका युवकले प्रहरीसमक्ष आत्मसमर्पण...

    पाकिस्तान सार्क शिखर सम्मेलन आयोजना गर्न तत्पर

    प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हास्मीले शिष्टाचार भेट गरेका छन्...

    बागमती प्रदेशको पहिलो प्राविधिक सचिव बन्दै डा सुमित्रा गौतम

    भक्तपुर अस्पतालकी मेडिकल डाइरेक्टर डा सुमित्रा गौतमले सचिवको जिम्मेवारी सम्हाल्ने भएकी छन् । बागमती प्रदेश...