News Portal

  • रुद्रलाल समाजेवा पुरस्कार ८० वर्षे मोक्तानलाई

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २५ पुस २०७९
    २५८ पटक
    भक्तपुर, २५ पुस २०७९

    प्रदेश नं १ का पहाडी क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रमा निस्वार्थ रुपमा समाजसेवामा जीवन अर्पण गरेका ८० वर्षे मनु मोक्तानलाई आइतवार रुद्रलाल समाज सेवा पुरस्कारबाट सम्मान गरिएको छ ।

    गैरसरकारी संस्था महासंघ र छत्रलक्ष्मी/रुद्रलाल स्मृति प्रतिष्ठानले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधिश तथा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व अध्यक्ष अनुपराज शर्माले मोक्तानलाई सम्मान गरेको हो ।

    उनी विरामी भएका कारण उनको सम्मान नेपाल तामाङ घेदुङ संघका अध्यक्ष मोहन गोलेले सम्मान थाप्दै उनको घरमा पुर्‍याइदिने बचन दिएका थिए ।

    रिलेन्टलेस जर्नी पुस्तक सामाजिक कार्यको अभिलेखीकरण
    कार्यक्रममा गैरसरकारी संस्था महासंघका सल्लाहकार एवम् प्रतिष्ठानका अध्यक्ष शान्तलाल मुल्मीद्वारा लिखित अंग्रेजी पुस्तक रिलेन्टलेस जर्नीको लोकार्पण गरिएको थियो । कार्यक्रममा पूर्व प्रधान न्यायधिस शर्माले नेपाल वृद्धाश्रमको रुपमा परिणत हुन लागेको र नेपाली परिवारलाई आर्थिकभन्दा पनि वढी सामाजिक चुनौति वढी देखिन थालेको बताए ।

    उनले अहिलेको व्यवस्था अंग्रजी शव्द ‘गन’को तन्त्र हो कि महादेवको अनियन्त्रित टोली ‘गण’को को तन्त्र भएको हो कि भन्ने व्यंग्य गरे । उनले समाजसेवा निस्वार्थ हुनुपर्ने र मोक्तानले गरेको समाजसेवा अतुलनीय भएको भन्दै रुद्रलाल मुल्मीका विगतका समाजसेवा र उनका छोरा शान्तलाल मुल्मीका समाजसेवाको अनुकरण गर्नुपर्ने बताउँदै समाजसेवाको सिद्धान्त र क्रियाकलाप बुझ्न लोकार्पण गरिएको पुस्तक अध्ययन गर्नुपर्ने बताए ।

    वरिष्ठ मानवअधिकारकर्मी प्रा. कपिल श्रेष्ठले राणाकाल, पञ्चालतकाल र प्रजातान्त्रिक कालमा मुल्मी परिवारले सामाजिक कार्य गरेको चर्चा गरे । राष्ट्रिय योजना आयोगका सदस्य सलोनी सिंहले पुस्तकले आफूले आफैलाई चिन्नुपर्ने र आफैलाई पहिला खोतल्न अभिप्रेरणा दिने बताए ।

    नेपाल मानव अधिकार आयोगका पूर्व सदस्य गौरी प्रधानले महात्मा गान्धीको अनुसरण गरी नेपालमा तुलसी मेहरसँग सहकार्य गरी नेपालमा स्वतन्त्रता, आत्मनिर्भरता र अहिंसाको शिक्षा रुद्रलाल मुल्मीले दिएको बताए । मुल्मीले महिलाहरुको उद्धार गरी सिपमुलक तालिम दिने, शिक्षा दिने, नेपाली स्वदेशी उत्पादनमा अभिप्रेरणा जगाउने कार्य गरेको प्रधानले जानकारी दिए ।

    रुद्रलाल मुल्मीले सामाजिक कल्याणको कार्य गरेको उनको छोरा शान्तलाल मुल्मीले सामाजिक विकासका लागि काम गरेको र आफूहरुको पालामा आएर सामाजिक सशक्तिकरणका कार्य गरेको दृष्टान्त गौरी प्रधानले प्रस्तुत गरे ।

    अमेरिकाका लागि नेपालका पूर्व राजदुत डा. अर्जुन कार्कीले रुद्रलाल मुल्मीले राज्यसत्ता फेर्नेदेखि जनताको जीवनशैली फेर्नेसम्म कार्य गरेको र सोको अभिलेखिकरण गर्ने काम पुस्तकमार्फत केही हदसम्म भएको जानकारी दिए ।

    पुस्तकका लेखक शान्तलाल मुल्मीले मनु तामाङको सामाजिक कार्य र समाजेवी रुद्रलाल मुल्मीमा कार्यगत विशेषता मिल्दाजुल्दा खालको देखिएको र निस्वार्थ रुपमा सेवा गर्नेलाई बर्षेनी सम्मान गर्दै जाने बताए ।

    आफू कुनै लेखक नभएको तर लकडाउनका बेलामा यत्तिकै बस्नुभन्दा किताव लेख्नु राम्रो भनेर नेपालीमा मभित्रको म लेखेको र अहिले अंग्रेजीमा रिलेन्टलेस जर्नी पुस्तक प्रकाशन गरेको जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...