News Portal

  • दिउँसो १ बजेलाई सर्‍यो संसद बैठक

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २६ पुस २०७९
    ४१२ पटक
    भक्तपुर, २६ पुस २०७९

    प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेलाई सरेको छ । बिहान ११ बजे बोलाइएको बैठक दुई घण्टा पछि दिउँसो १ बजेलाई सारिएको हो ।

    आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिंदैछन् ।

    आज बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो १ बजेलाई सारिएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

    ‘दलहरूको आन्तरिक तयारीका कारण बैठक दिउँसो १ बजेलाई सारिएको हो’, उनले भने ।

    नेपाली कांग्रेसको बैठक जारी रहेपछि बैठक सारिएको अनुमान छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक लम्बिएकाले संसदीय दलको बैठकसमेत बस्न सकेको छैन ।

    पदाधिकारी बैठकपछि कांग्रेसको संसदीय दलको बैठक बस्दैछ । कांग्रेसले यी बैठकबाट प्रधानमन्त्रीलाई विश्वासको मत दिने नदिने विषयमा औपचारिक निर्णय लिनेछ ।

    सत्ता गठबन्धन दलको पनि सामान्य बैठक विश्वासको मत लिनु अगाडी बस्ने तयारी भईरहेको छ । जसकाकारण बैठक दिउँसो १ बजेका लागि सारिएको हो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...