News Portal

  • माघ ९ सम्म काठमाडौं नछाड्न कांग्रेसको सांसदहरूलाई ह्विप

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २७ पुस २०७९
    २७१ पटक
     भक्तपुर, २७ पुस २०७९

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई संसदमा विश्वासको मत दिएर पनि प्रतिपक्षमा बस्ने निर्णय लिएको नेपाली कांग्रेसले आफना् सांसदलाई आगामी माघ ९ गतेसम्म काठमाडौं नछाड्न ह्विप लगाएको छ ।

    बदलिँदो राजनीतिक परिस्थितिका कारण सांसदहरूसँग जुनसुकै बेलामा पनि छलफल गर्नपर्ने भएकाले बिना जानकारी काठमाडौं नछाड्न कांग्रेसले सांसदहरूलाई ह्विप लगाएको हो ।

    निर्वाचन अगाडीसम्म आफुहरुसँगै सत्ता गठबन्धनमा रहेको माओवादी अन्तिम समयमा प्रधानमन्त्री र राष्टपति दुवै छोडन नसक्ने कांग्रेसको जिकिरका कारण एमालेसँगको नयाँ समिकरण निर्माणमा पुगेको थियो । जसकाकारण माओवादीले प्रधानमन्त्री त पायो नै, कांग्रेसले मुखैमा आएको केन्द्र देखि प्रदेश सम्मको सरकारबाट हात धुनुपर्ने अवस्था निम्तेको थियो । तैपनि कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई संसदमा विश्वासको मत दिएर फेरि पनि आफनो लागि विग्रेको राजनीतिक बाताबरण फर्काउन सकिन्छ की भन्ने आन्तरिक गृहकार्य थालेको छ ।

    एमाले र माओवादीकाबीचमा फेरि अविश्वास सिर्जना गर्ने, उनीहरुका अन्तरविरोधमा खेल्ने र प्रधानमन्त्री प्रचण्डलाई फेरि कांग्रेससँगकै सहकार्यमा ल्याउन सकिएमा राष्टपति चुनावसम्म नयाँ समिकरण बनाएर आफुहरुले गुमाएको शक्ति फेरि फर्काउन सकिन्छ की भन्नेमा कांग्रेस लागेको देखिन्छ ।

    यही राजनीतिक परिदृश्यको गृहकार्यका लागि कांग्रेसले आफना सांसदलाई काठमाडौं नछोडन भनेको हो ।

    बदलिँदो राजनीतिक परिस्थिती, सरकारले संसदमा लिएके विश्वाशको मत, सभामुख–उपसभामुखको निर्वाचन लगायत कारण सांसदहरूलाई काठमाडौं नछाड्न ह्विप लगाइएको प्रतिनिधिसभा सदस्य तथा कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले जानकारी दिए।

    कांग्रेसभित्र तत्कालिन सत्ता गठबन्धन तोडिनुमा जिम्मेवार को ? प्रचण्डलाई विश्वासको मत दिने या नदिने लगायतका विषयमा पार्टीभित्र विवाद छ । मंगलबार प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनुपर्ने सभापति शेरवहादुर देउवाले प्रस्ताव ल्याउँदा कांग्रेसको पदाधिकारी तथा कार्यसम्पादन समितिमा विवाद निम्तेको थियो ।

    पार्टीभित्रै दुई धार देखिएपछि सभापतिको प्रस्तावमा निर्णय लिँदा कांग्रेसमा महामन्त्रीद्दय सहित केही नेताहरुले लिखित रुपमा नै फरक मत दर्ज गराउनेसम्मको अवस्था निम्तेको थियो ।

    महामन्त्रीद्व गगन थापा र विश्वप्रकाश शर्मासहित ५ जना सांसदहरुले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिनेबारे असहमति दर्ज गरेका थिए ।

    सभामुख निर्वाचन मिति माघ ३ गते सूचना टाँस गरी तोक्न प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले संसद सचिवालयलाई निर्देशन दिएका छन् भने माघ ५ गतेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको छ ।

    माघ ५ मा सभामुखको निर्वाचन रहेकोले पनि कांग्रेसले सांसदलाई काठमाडौं नछोडन निर्देशन गरेको हो ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...