News Portal

  • अदालतमा धरौटी रकम जम्मा, स्वास्थ्य परिक्षण पश्चात आज रिहा हुने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २९ पुस २०७९
    २७५ पटक
     भक्तपुर, २९ पुस २०७९

    नेपाली क्रिकेटका पुर्व कप्तान सन्दीप लामिछानेका दाजुले जिल्ला अदालतमा धरौटी रकम जम्मा गरेका छन् ।

    पुर्व कप्तान सन्दीपका दाजु मोहन लामिछानेले जिल्ला अदालत काठमाडौंमा २० लाख धरौटी जम्मा गरेका हुन् । उच्च अदालत, पाटनले सर्तसहित धरौटीमा रिहा गर्न आदेश दिएपछि दाजु मोहनले आज धरौटी रकम जम्मा गरेका हुन् ।

    दाजु मोहनले धरौटी जम्मा गरेसँगै सन्दीप आजै छुट्ने निश्चित भएको छ । धरौटी जम्मा भए पछि जिल्ला अदालत काठमाडौंले केन्द्रीय कारागार, सुन्धरामा सन्दीपलाई रिहा गर्नका लागि औपचारिक रुपमा पत्र पठाउने छ । अदालतको सो पत्र कारागरले बुझे लगत्तै तारिखका लागि जिल्ला अदालत काठमाडौंमा सन्दिपलाई उपस्थित गराइने छ र स्वास्थ्य परिक्षण सम्पन गरे पछि उच्च अदालतको आदेश बमोजिम सन्दीप आजै रिहा हुनेछन् ।

    नावालिगलाई जबर्जस्ती करणी गरेको मुद्दामा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई गत १८ कात्तिकमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर सन्दीप त्यो आदेश खारेज गर्न माग गर्दै उच्च अदालतमा गएका थिए । उच्च अदालतका न्यायाधीशद्धय रमेश ढकाल र ध्रुवराज भट्टराईको इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै कडा सर्तसहित २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न बिहीबार आदेश दिएको थियो ।

    सो आदेश लगत्तै दाजु मोहन २० लाख धरौटी लिएर जिल्ला अदालत काठमाडौं गएका हुन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...