News Portal

  • नारायणीमा ‘क्रुजसिप’ सञ्चालन,

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ४ माघ २०७९
    ३४८ पटक
    भक्तपुर, ४ माघ २०७९

    नारायणी नदीमा व्यावसायिकरूपमा ‘क्रुजसिप’ सञ्चालनमा आएको छ । राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको क्रुजसिप व्यावसायिक रूपमा सञ्चालनमा ल्याइएको हो । यही माघ १ गतेबाट नियमित रूपमा व्यावसायिक सञ्चालन गरिएको छ ।

    राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका कार्यकारी निर्देशक दीपक ढुङ्गेलले विगत तीन दिनदेखि नियमित रूपमा सञ्चालन गरिँदै आएको बताए । दैनिक तीनपटक सञ्चालन गरिँदै आएको छ । दैनिक एक सय जनाभन्दा बढीले क्रुजमा मनोरञ्जन लिएको जानकारी उनले दिए ।

    काठमाडौँ, पोखरालगायतका जिल्लाबाट समेत क्रुज सयरका लागि आएको उनको भनाइ छ । उनले भने, “सुरुआती चरणमा उत्साहजनक उपस्थिति छ ।” स्थानीयवासीसहित बाहिरी जिल्लाबाट समेत पर्यटक आएको उनी बताउँछन् । क्रमशः ५०–६० जना भएसँगै क्रुज सञ्चालन गर्ने गरी तयारी गरिएको छ ।

    केही वर्षअघि नै सञ्चालनमा ल्याउन खोजे पनि कोरोना महामारी र कानुनी समस्याका कारण क्रुज सञ्चालन गर्न नसकिएको उनले बताए । क्रुजको दुई वर्ष अगाडि नै सफल परीक्षण गरिएको थियो । एक घण्टासम्म नारायणी नदीमा सयर गराउने योजना रहेको उनको भनाइ छ । यसका लागि रु. सात सयको टिकट काट्ने गरिएको छ । यसमा एक कप कफी दिइँदै आएको छ ।

    यसका अतिरिक्त विभिन्न प्याकेज पनि तयार पारेको जानकारी उनले दिए । ब्रेकफास्ट क्रुजिङका लागि रु. एक हजार पाँच सय, लञ्च क्रुजिङका लागि रु. दुई हजार, डिनर क्रुजिङका लागि रु. दुई हजार पाँच सय शुल्क तोकिएको छ । केही दिनभित्रै सुरुमा डिनरबाट प्याकेज सञ्चालन गर्ने तयारी गरिएको छ । यो समयमा बिहानमा कुहिरोका कारण सञ्चालन कठिन हुने भएकाले लञ्च र डिनर गर्न सकिने उनको भनाइ छ ।

    क्रुजसिपभित्र रेष्टुरेन्ट, सांस्कृतिक कार्यक्रम गर्न आकर्षक स्टेज, बैठक सेमिनार गर्न मिल्ने हल, सेल्फी प्वाइन्टहरू राखिएका छन् । भरतपुर महानगरपालिका–१६ ज्ञानेश्वर सामुदायिक वनस्थित काभ्रेघाटमा क्रुजसिपको स्टेशन छ । तीन तलाको क्रुजमा दुई सय जना यात्रु एकैसाथ चढ्न मिल्छ ।

    कम्पनीका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलका अनुसार यो क्रुजसिप निर्माणमा रु. १५ करोडभन्दा बढी खर्च भएको छ । क्रुजमा सेल्फी लिने तथा चलचित्र सुटिङ गर्न मिल्ने युनिट डिजाइन परिवर्तन गरी थपिएको छ । क्रुजमा यात्रा गर्ने हरेक यात्रुको रु. १० लाख बराबरको बीमा गरिएको छ । क्रुजसिपमै बसेर विवाह, व्रतबन्ध, पास्नी, जन्मोत्सव, वैवाहिक वर्षगाँठलगायतका गतिविधि गर्न पाइने जानकारी उनले दिएका छन् ।

    नारायणी नदीको ४० किलोमिटरमा सञ्चालनका अनुमति लिएको निर्देशक कँडेलको भनाइ छ । यतिबेला पानीको सतह निकै कम भएकाले केही किलोमिटर मात्र चलाइने छ । पानीको बहावअनुसार दूरी बढाउँदै लैजाने उनले बताए । नर्वेजियन प्रविधिको प्रयोग गरेर बनाइरहेको क्रुजसिप भारतको केरलाका प्राविधिकले तयार गरेका हुन् । यसको चालक दलमा १५ जना रहनेछन् ।

    क्रुजसिप सञ्चालनसँगै यहाँको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा व्यवसायीले गरेका छन् । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकलाई एक दिनको बसाइ लम्ब्याउन र मनोरञ्जन दिन क्रुज उपयोगी हुनसक्ने व्यवसायीको भनाइ छ । रासस

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...