News Portal

  • नयाँ प्रतिनिधिसभा, नयाँ सभामुख

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ६ माघ २०७९
    ३७९ पटक
     भक्तपुर, ६ माघ २०७९

    प्रतिनिधिसभा सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । नेपाली कांग्रेसकी उम्मेदवार ईश्वरी न्यौपानेलाई पराजित गर्दै उनी सभामुख बनेका हुन् । प्रतिनिधिसभामा बिहीबार घिमिरेलाई ‘सभामुख निर्वाचित गरियोस्’ भन्ने प्रस्तावको पक्षमा १ सय ६७ र विपक्षमा १०० मत परेको हो ।

    सभामुख चयनका लागि भएको मतदानमाा प्रतिनिधिसभाका २ सय ७५ मध्ये २ सय ६८ सदस्य सहभागी भएका थिए । १ सांसद भने ‘तटस्थ’ बसे । घिमिरेको प्रस्तावकमा एमाले उपाध्यक्ष सुवास नेम्वाङ र समर्थकमा नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन एवं राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष रवि लामिछाने थिए ।

    कांग्रेस उम्मेदवार न्यौपानको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा एकीकृत समाजवादी नेता प्रकाश ज्वाला थिए । घिमिरेलाई सभामुख बनाउन सत्तारूढ दल एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपाको मुख्य साथ थियो भने जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदहरू अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले समेत घिमिरेकै पक्षमा मत दिए ।

    घिमिरे गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झापा–२ बाट प्रत्यक्षतर्फ निर्वाचित र न्यौपाने कांग्रेसकी समानुपातिक सांसद हुन् । सभामुख चयन प्रक्रियामा घिमिरेको उम्मेदवारीमाथि मतदान हुँदा कांग्रेसले न्यौपानेको उम्मेदवारीमाथि छलफल नै भएन । कांग्रेस उम्मेदवार न्यौपानेलाई भने एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाले समर्थन गरे ।

    प्रतिनिधिसभामा कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएपछि ‘सभामुखमा कसले जित निकाल्छन् ?’ भन्नेमा अनेक अड्कल भएका थिए । प्रतिनिधिसभामा नेकपा एमालेका ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४ र कांग्रेससँग ८८ सांसद छन् । प्रतिनिधिसभामा जसपाका १२, नेकपा एकीकृत समाजवादीका १० तथा लोसपाका ४ सांसद छन् ।

    त्यस्तै, तीन स्वतन्त्र सांसदसमेत छन् । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिसभामा १० सांसद छन् । प्रतिनिधिसभामा मजदुर किसान पार्टीका १ र जनमोर्चाका पनि १ र कांग्रेसका १ सांसद निलम्बनमा परेका छन् ।

    संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभा सदस्यले आफूमध्येबाट एकजनलाई सभामुख चयन गर्नुपर्छ । यसअघिसम्म प्रतिनिधिसभा अध्यक्षता ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले गर्दै आएका थिए ।

    प्रतिनिधिसभाले सभामुख चयन नगर्दासम्म ज्येष्ठ सदस्यले नै संसद् सञ्चालन गर्ने संवैधानिक व्यवस्था छ । संविधानको धारा ९१ मा प्रतिनिधिसभा पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख निर्वाचन गर्नुपर्ने उल्लेख छ ।

    हाल सत्ता गठबन्धनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित सात दल सहभागी छन् भने कांग्रेसले समेत प्रधानमन्त्रीका रूपमा प्रचण्डलाई प्रतिनिधिसभामा विश्वासको मत दिएको थियो । तर, कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिए पनि प्रतिपक्षमा रहने बताउँदै आएको छ ।

    हालको सत्ता गठबन्धन बन्दा र प्रचण्ड प्रधानमन्त्री हुँदा प्रतिनिधिसभा पाँचवर्षे कार्यकालका लागि नेकपा एमाले र माओवादी केन्द्रबीच आधाआधा कार्यकाल सभामुख भागबन्डा गर्ने सहमति भएको बताइन्छ । राजधानी दैनिक

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...