News Portal

  • राजनीतिक घटनाक्रमबारे कांग्रेसको कोइराला पक्ष छलफलमा

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ८ माघ २०७९
    ७२७ पटक
    भक्तपुर, ८ माघ २०७९

    नेपाली कांग्रेसको नेता शेखर कोइराला समूहको बैठक बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी छ । बैठकमा पछिल्लो राजनीतिक घट्नाक्रम, पार्टीभित्रको आन्तरिक राजनीतिबारे छलफल गर्न बैठक बसिरहेको कांग्रेस केन्द्रीय सदस्य सञ्जय गौतमले जानकारी दिए ।

    राष्ट्रिय राजनीतिबारे आफ्नो समूहको सामूहिक धारणा बनाउन नेता कोइरालाले बैठक बोलाएर छलफल गरिरहेका हुन् ।

    पार्टी सभापति शेरबहादुर देउवाको पछिल्लो राजनीतिक भूमिकाप्रति असन्तुष्ट रहेको समूहले अब कसरी अगाडि बढ्ने भन्ने धारणा बनाउन बैठक बोलाएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने विषयमा कांग्रेसमा इतर समूहले सभापति कोइरालाको प्रस्तावमा असहमति जनाएको थियो ।

    बैठकमा माघ १५ गतेका लागि बोलाइएको पार्टी केन्द्रीय समिति बैठकमा आफ्नो समूहको एजेण्डा के हुने भन्ने तय पनि बैठकले गर्ने नेताहरूले बताएका छन् ।

    बैठकमा कोइराला समूहका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, सांसद र प्रदेश सभापतीहरू पनि सहभागी छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...