News Portal

  • जापानी राजदुतद्धारा नेत्रज्योति संघलाई स्वास्थ्य उपकरण हस्तान्तरण

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १९ माघ २०७९
    ५७१ पटक
    भक्तपुर, १९ माघ २०७९

    जापानी नागरिकहरुका तर्फबाट नेपाल नेत्रज्योति संघ किर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्रलाई प्रदान गरिएको आँखा स्वास्थ्य सम्बन्धी उपकरणहरु हस्तानान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

    नेपालका लागि जापानी राजदुत किकुता युताकाले आज बुधबार किर्तिपुर आँखा अस्पतालमा आयोजित एक कार्यक्रमा उक्त सामाग्रिहरु हस्तान्तरण गरेका हुन् ।

    रेटिना रोगको उपचारसंग सम्बन्धीत करिब १ करोड ८५ लाख नेपाली रुपैयाँ बराबरका स्वास्थ्य सामाग्रिहरु जापान सरकारको(Grant Assistance For Grassroots Projects-GGP) कार्यक्रम अन्तरगत अनुदानमा प्रदान गरिएको हो ।

    नेपाल नेत्रज्योति संघद्धारा बि.स २०७२ सालमा आँखा उपचार केन्द्रका रुपमा स्थापना भएको किर्तिपुर आँखा अस्पताललाई बि.स २०७४ सालमा आँखा अस्पतालका रुपमा स्तरोन्नति गरिएको थियो । स्थापनाकाल देखि नै अस्पतालले आम नागरिकहरुलाई सर्वसुलभ मूल्यमा गुणस्तरिय आँखा उपचार सेवा प्रदान गर्दै आईरहेको छ ।

    यस अस्पतालको सेवालाई थप प्रभावकारी र गुणस्तरिय बनाउन आवश्यक स्वास्थ्य उपकरणहरु प्रदान गर्ने सम्बन्धी सम्झौता पत्रमा बि.स २०७७ साल कार्तिक १९ नेपाली स्थित जापानी राजदुतावास र नेपाल नेत्रज्योति संघका बिचमा हस्ताक्षर भएको थियो ।

    सन् २०२२ मा अस्पतालले २३ हजार ५४० जनालाई आँखा उपचार सेवा प्रवाह गरेको थियो भने हाल सम्म अस्पतालबाट करिब ७ हजारभन्दा बढि व्यक्तिको आँखाको शल्यक्रिया भइसकेको छ जसमध्यमा करिब ३ हजार जनाको शल्यक्रिया निःशुल्क भएको थियो ।

    अस्पतालले हाल काठमाडौँ र ललितपुरमा गरी जम्मा ४ वटा आँखा उपचार केन्द्रहरु समेत सञ्चालन गरिरहेको छ । काठमाडौँका शंखरापुर नगरपालिकामा साँखु आँखा उपचार केन्द्र, दक्षिणकाली नगरपालिकामा दक्षिणकालि आँखा उपचार केन्द्र र चन्दा्रगिरी नगरपालिकामा चन्द्रागिरी आँखा उपचार केन्द्र रहेका छन् भने ललितपुरको महालक्ष्मी नगरपालिकामा लभु आँखा उपचार केन्द्र सञ्चालनमा छन् ।

    हाल नेत्रज्योति संघले २७ वटा आँखा अस्पताल, १५० वटा आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखाहरु मार्फत नागरिकहरुलाई सर्भसुलभ र गुणस्तरिय आँखा स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ । संघले आर्थिक अभावका कारण कोहि पनि नागरिकले दृष्टिबिहीन जीवन यापन गर्न बाध्य नहुन भन्ने हेतुले जनताको घर दैलोमै सहज, सुलभ र सस्तो रुपमा गुणस्तरिय सेवा प्रदान गरिरहेको र सोका लागि विभिन्न निकायहरुसंगको साझेदारिमा उज्यालो अभियान कार्यक्रम समेत सञ्चालन गदै आएको छ जसबाट धेरै गरिबीको रेखामुनी नेपाली नागरिकहरुले निःशुल्क आँखा जाँच तथा शल्यक्रिया सेवा समेत पाइरहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...