News Portal

  • कान्ति बाल अस्पतालमा अब अनलाइन टिकट

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २४ माघ २०७९
    ८१ पटक
     भक्तपुर, २४ माघ २०७९

    कान्ति बाल अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले अस्पतालमा अनलाइन टिकट सुरु गरेको बताका छन् । अस्पतालमा हुने अव्यवस्थित भीडको व्यवस्थापन गर्न अस्पतालले अनलाइन टिकट सुरु गरेको उनले बताएका हुन् ।

    देशका जुनसुकै कुनामा बसेर पनि अनलाइनबाट टिकट काटी उपचार सेवा लिन सक्ने डा. बसौलाले जानकारी दिएका छन् । ‘यो सँगै कान्ति बाल अस्पतालमा बच्चाको उपचार गराउँदा घरबाटै टिकट काटेर जान सकिनेछ । अस्पतालमा लामो लाइन बस्नुपर्ने अवस्थाको यसले विस्तारै अन्त्य गर्ने विश्वास छ ।,” उनले भने ।

    गुगल प्लेस्टोरबाट कान्ति बाल अस्पतालको एप डाउनलोड गरी सेवाग्राहीले आइएमई पे, ई–सेवा, खल्ती र कनेक्ट आईपीएसमार्फत भुक्तानी गरेर अनलाइन टिकट काट्न सक्नेछन् । अस्पतालमा दैनिक सात सयको हारहारीमा बिरामीहरूले सेवा लिन गरेका छन् ।

     

    प्रतिकृया दिनुहोस्

    मिटरब्याजी पीडितको माग सम्बोधन गर्ने गृह मन्त्रालयको आश्वासन

    मिटरब्याजी पीडितका समस्या समाधान गर्ने आश्वासन गृह मन्त्रालयले दिएको छ । मिटरब्याजी पीडितलाई भेट्न टंगाल...

    नेपालको अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भुमिका महत्वपुर्णः सभामुख घिमिरे

    प्रतिनिधि सभाका सभामुख देबराज घिमिरेले नेपालको अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भुमिका महत्वपुर्ण रहेको बताएका छन्...

    गोपाल नारायणको नेतृत्वमा नेराकस(निजामती)को शिक्षा विभागीय कार्यसमिति पुनर्गठन

    नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को शिक्षा विभागीय कार्यसमिति पुनर्गठन गरिएको छ । निवर्तमान अध्यक्ष...

    मंगलवार बेलुकी गठबन्धनको बैठक बस्ने, मन्त्रिपरिषद् विस्तार गर्न छलफल गरिने

    मंगलबार सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । मन्त्रिपरिषद् विस्तारका लागि छलफल गर्न मंगलबार अपरान्ह...

    हस्तलिखित भित्रेपात्रोमार्फत नेपाल चिनाउँदै

    १९ भाषामा प्रकाशित मित्रवनको गुफा नामको बालउपन्यासका लेखक तथा चित्रकार धीरजनाथ अमात्य अद्वितीय छन् ।...