News Portal

  • हिंसालाई रोक्न र प्रतिकार आत्मरक्षा तालिम

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २५ माघ २०७९
    ४५८ पटक
    भक्तपुर, २५ माघ २०७९

    किशोरीहरुमाथि हुन सक्ने हिंसालाई रोक्न र प्रतिकार गर्ने क्षमताको विकास गराउन तथा सचेत बनाउने उद्देश्यले म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोला र ८ कुईनेमङ्गलेमा विद्यालयका छात्राहरुलाई आत्मरक्षासम्बन्धी तालिम दिइएको छ ।

    सामाजिक विकास कार्यालयले र मिलन म्याग्दीले किशोरी शिक्षा कार्यक्रमअन्तर्गत रितुङ माध्यमिक विद्यालयका छात्राहरुलाई कुईनेमङ्गले र अमर माविका छात्राहरुलाई चिमखोलले आत्मरक्षासम्बन्धी विषयमा तालिम दिइएको हो ।

    आत्मरक्षा तालिमका प्रशिक्षक चन्द्रा घले गुरुङले सहभागी किशोरीहरुलाई आत्मरक्षासम्बन्धी विषयमा प्रयोगात्मक अभ्यास गराएका थिए । कार्यक्रममा मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालुले किशोरी तथा बालबालिकाहरुमाथि हुने हिंसाको विषयमा सहजीकरण गरीन् । यसैगरी, बेनी अस्पताल म्याग्दीका मेडिकल अधिकृत तथा एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी)का प्रमुख डा. बिराज आचार्यले ओसिएमसीबारे जानकारी दिए ।

    ओसिएमसी र अस्पतालबाट भइरहेका सेवा प्रवाहबारेमा विद्यार्थीहरुलाई जानकारी गराउँदै मेडिकल अधिकृत डा. आचार्यले लैङ्गिक हिंसा भएको खण्डमा बेनी अस्पतालको ओसिएमसीमा आएर उपलब्ध सेवासुविधाको प्रयोग गर्न आग्रह गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...