News Portal

  • निःशुल्क अध्ययन केन्द्रमा पढ्न पाएपछि दलित बालबालिका उत्साहित

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २७ माघ २०७९
    ३६८ पटक
     भक्तपुर, २७ माघ २०७९

    सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका–३ पोर्ताहास्थित मुसहर बस्तीमा जीवन विकास लघुवित्तले सञ्चालन गरेको निःशुल्क अध्ययन केन्द्रमा बेलुकाको समय निःशुल्क होम ट्युसन पढ्न पाएपछि उत्साहित छन् । लघुवित्त भन्नै सुन्नै बित्तिकै ऋण दिने/लिने संस्था हो । धारणा गाउँमा व्याप्त छ । दुर्गमका गाउँमा बसेका विपन्न वर्गका नागरिकलाई उद्यमशील बनाउन यस्तो लघुवित्तको परिकल्पना गरिएको हो ।

    लघुवित्तहरुले ग्रामीण भेगका गाउँगाउँमा पुगेर विपन्न महिलाहरुलाई जीविकोपार्जनका लागि कार्यक्रमहरु सञ्चालन गर्नाका साथै समाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न किसिमका क्रियाकलाप पनि सञ्चालन गरिरहेका छन् । सोही कडीका रुपमा निःशुल्क अध्ययन केन्द्र सञ्चालनमा ल्याएको हो । कमजोर आर्थिक अवस्थाका कारण आवश्यक शैक्षिक सामग्रीको अभाव र अतिरिक्त कक्षा (ट्युसन) पढ्न नपाएर विद्यालय जान रुचि नगर्ने मुसहर बस्तीका बालबालिकाहरु जीवन विकास लघुवित्त लहान–२३ गढिया शखाद्वारा सञ्चालित निःशुल्क अध्ययन केन्द्रमा पढ्न अहिले उत्साहित हुँदैछन् ।

    सो केन्द्रमा ३१ बालबालिकाले अध्ययन गरिरहेका छन् । उक्त संस्थाले बालबालिकाका लागि शैक्षिक तथा स्टेसनरी सामग्री र सहजकर्तालाई मासिक भत्ता उपलब्ध गराएको गढिया शाखाप्रमुख विमल सिंहले बताए ।

    “विद्यालयबाहिर रहेका र नाम लेखाएर पनि स्कुल नजाने बालबालिकालाई आवश्यक शैक्षिक सामग्रीका साथै पठनपाठनका लागि सहयोगका अतिरिक्त ‘होम ट्युसन’ सञ्चालन गरिएपछि उनीहरु नियमित विद्यालय जान थालेको सहजकर्ता रेखाकुमारी सदाले बताएका छन् । उनले भने, “विद्यालयमा दिवा खाजा कार्यक्रम, छात्रवृत्ति, खेलकुदजस्ता क्रियाकलापले गर्दा दलित बालबालिकामा पनि विद्यालयप्रति आकर्षण बढेको छ ।” शाखाप्रमुख सिंहले मुसहर समुदायमा चेतनाको कमी भए पनि पढ्नुपर्छ भन्ने धारणको विकास हुँदै गएको उल्लेख गरे ।

    जीविकोपार्जनका लागि सहयोग गर्दै आएको लघुवित्तले निःशुल्क अध्ययन केन्द्र सञ्चालनमा ल्याएपछि अहिले विपन्न दलित बस्तीका बालबालिका नियमित विद्यालय जान थालेको सदस्य संसारी सदाले बताए ।

    यस कार्यक्रमबाट दलित बस्तीमा पढ्नुपर्छ भन्ने भावनाको विकास हुँदै गएको स्थानीय दिलचन्द सदाले उल्लेख गरेका हुन् । उनले पढाइप्रतिको लगाव र विद्यालय नियमित आउन थालेपछि आफूहरु उत्साही भएको जानकारी दिए ।

    पोरतहा आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययनरत दिलखुसकुमार सदाले ट्युसन पढ्ने वातावरण मिलेपछि रमाइलो मानेर सधैँ विद्यालय जान थलेको बताए । आवश्यक शैक्षिक सामग्री र अतिरिक्त कक्षा ट्युसन पढ्न नपाउँदा विद्यालय जान रुचि नगर्ने टोलका सबै बालबालिका ट्युसन पढ्न पाएपछि विद्यालय जान थालेको कक्षा–४ मा अध्यनरत धिरज सदाले उल्लेख गरे ।

    विद्यालयमा नाम लेखाए पनि नियमित नजाने रितेश भने, “घर नजिकै सञ्चालन भएको ‘होम ट्युसन’मा पढ्न थालेपछि विद्यालय पनि नियमित जान थालेको छु ।” विद्यालय सधैँ गए पनि घरमा पनि पढ्नुपर्छ भन्ने वातावरण थिएन तर ‘होम ट्युसन’ सञ्चालनमा आएपछि पूरै टोलभरिका सबैजना एकै ठाउँमा बसेर पढ्दै आएको पोरतहा आधारभूत विद्यालयमा कक्षा ५ कि रेखा सदाले बताइन् ।

    जीवन विकास बाल शिक्षा अभियानअन्तर्गत सञ्चालित निःशुल्क अध्ययन केन्द्रमा सरस्वती जीवन विकास केन्द्रमा आबद्ध सदस्यहरुको कक्षादेखि कक्षा ५ सम्मका बालबालिका २०७९ असोज १ गतेदेखि निरन्तर अध्ययन गरिरहेका छन् । रासस

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...