News Portal

  • रेडक्रस कानुन निर्माणमा सहयोग गर्ने प्रतिनिधिसभा सदस्य थापाको भनाइ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ७ फागुन २०७९
    ४३१ पटक
     भक्तपुर, ७ फागुन २०७९

    प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले नेपाल रेडक्रसको आफ्नो कानुन निर्माणमा सहयोग गर्ने बताएका छन् । नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको २८ औं जिल्ला सभालाई सम्बोधन गर्दै थापाले नेपाल रेडक्रसको कानुन निर्माणमा सहयोग गर्ने बताएका हुन् ।

    थापाले रेडक्रस भनेपछि ब्लड र फल्डको लागि सहयोगी भनी चिनिएको बताए । अव यसलाई आफ्नो कानुन निर्माण गराउँदै एक स्वायत्त संस्था बनाउँदै समाज सेवामा अग्रणी बनाउनु पर्नेमा उनले जोड दिएका छन् । पछिल्लो समय रेडक्रस केवल राजनीति गर्ने थलो मात्र भएको बताउँदै उनले भने, “यो राजनीति गर्ने थलो हैन, यो मानव सेवा गर्ने थलो हो ।” रेडक्रसलाई मानव सेवाको थलो मात्र बनाउन सबै एक जुट हुन आग्रह समेत गरे ।

    “हाल सबै सङ्घ संस्था राजनीतिको जालोले बिग्रेको छ यो जालोलाई चिर्दै सङ्घ संस्थाहरू राजनीति मुक्त बनाउनु पर्छ,” उनले भने ।

    कार्यक्रममा बागमती प्रदेशका जनतालाई रगत निःशुल्क उपलब्ध गराउन पहल गर्ने बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठको भनाइ छ । उनले भक्तपुरको चाँगुनारायणले थालनी गरेको निःशुल्क रगत हाल भक्तपुर जिल्ला भर भएको स्मरण गर्दै अव बागमतीका १३ जिल्लामा नै यो सेवा विस्तारको लागि पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

    कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले रेडक्रस र स्थानीय निकाय सँग सँगै रहनुपर्ने भन्दै नगर वासीको सेवाका लागि निःशुल्क रगत उवलव्धतामा आफूहरूले पहल कदमी चालेको बताए ।

    यस्तै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति मनोज कुमार थापाले रगतबाट भक्तपुरको चिनारी भएको बताए । जिल्लाबाट सञ्चालन भएको रक्त सञ्चार केन्द्रबाट दिइएको सेवाका कारण देश भर रगत नपाए भक्तपुर जानु भन्ने नाराबाट परिचित भएको जानकारी दिए । “हिजो न्याय नपाए गोर्खा जानु शिक्षा नपाए काँसी जानु भने जस्तै देश भर रगत नपाए भक्तपुर जानु भन्ने उक्ति सार्थक भएको छ,” उनले भने, “यो उक्ति सार्थक बनाउन सहयोग गर्ने सङ्घ संस्था राजनीतिक दल एवं समस्त सहयोगीहरूलाई धन्यवाद व्यक्त गर्दछु ।”

    कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेशका महासचिव रामजी पौडेल , काठमाडौँ शाखाका सभापति श्याम काजी डोटेल , सिन्धुपाल्चोक जिल्ला शाखाका सभापति राजेन्द्रमान ताल्चाभँडेल , भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी माधव शर्मा, पूर्व सभापति केपी अवाल, जिल्ला उपसभापति कृष्णश्वरी हाडा लगायतका वक्ताले भक्तपुर रेडक्रसको कार्यका विषयमा प्रशंसा गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...