News Portal

  • पूर्वस्वास्थ्यमन्त्री डा. मथुराप्रसाद श्रेष्ठको निधन

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ८ फागुन २०७९
    ३७५ पटक
    भक्तपुर, ८ फागुन २०७९

    मानव अधिकार आन्दोलनका अगुवा वरिष्ठ वामपन्थी बुद्धिजीवी डा. मथुराप्रसाद श्रेष्ठको उपचारका क्रममा निधन भएको छ । पोष्ट कोभिड समस्या भएर अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा भर्ना भएका डा. श्रेष्ठको सोमबार बिहान निधन भएको हो ।

    लामो समयदेखि दम र छाती रोगका सङ्क्रमणको उपचारमा रहेका मानवअधिकार क्षेत्रका अगुवा श्रेष्ठको आज बिहान माइतीघरस्थित अस्पतालमा निधन भएको उनका छोरा डा. जया श्रेष्ठले जानकारी दिए ।

    विसं २०४६ मा प्रजातन्त्रको पुनर्बाहाली भएपछि बनेको सरकारमा उनी नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्री बनेका थिए । उनका छ छोरा र एक छोरी छन् ।

    ८८ बर्षको उमेरमा सोमबार बिहान ४ बजेर १५ मिनेट जाँदा उनको निधन भएको अन्नपूर्ण न्युरो अस्पतालले जनाएको छ । डा. श्रेष्ठको निधनमा एमाले अध्यक्ष एवंम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले श्रद्धाञ्जली व्यक्त गरेका छन् । परिवारजनमा समवेदनमा पनि ओलीले व्यक्त गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...