News Portal

  • राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १० फागुन २०७९
    ३४६ पटक
     भक्तपुर, १० फागुन २०७९

    निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गर्ने भएको छ । आयोगले यसअघि नै जारी गरेको कार्यतालिका अनुसार फागुन १० गते मतदाताको नामावली सार्वजनिक गर्ने भएको हो ।

    राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद् अन्तरगतका प्रतिनिधिसभा र राष्ट्रियसभा र प्रदेशसभाका सांसद मतदाता हुन्छन्। जसअनुसार सातै प्रदेशका प्रदेशसभा सचिवालयले मतदाताहरूको सूची पठाइसकेका छन् ।

    आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि मतदान अधिकृतको रूपमा पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई तोकिएको छ ।

    नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा राष्ट्रपति निर्वाचनका लागि हुने मतदानका लागि सोही स्थानमा दुईटा मतदान केन्द्र हुनेछन् ।

    फागुन १३ गते उम्मेदवारी दर्ता गर्न राजनीतिक दललाई आयोगले जानकारी गराइसकेको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...