News Portal

  • दिउँसो १ बजे राष्ट्रपति निर्वाचनबारे प्रशिक्षण दिने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १८ फागुन २०७९
    ३७८ पटक
     भक्तपुर, १८ फागुन २०७९

    ८ दलीय गठबन्धनले आज काठमाडौंमा संघीय सांसदहरूलाई राष्ट्रपति निर्वाचनबारे प्रशिक्षण दिने भएका छन् । राष्ट्रपतिमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गरेका आठै दलका संघीय सांसदहरूलाई बिहीबार दिउँसो १ बजेदेखि तिनकुनेस्थित एक होटलमा प्रशिक्षण दिन लागिएको हो ।

    राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरूलाई प्रशिक्षण दिन लागिएको नेपाली कांग्रेसका केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमुक्ति पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा रहेको ८ दलकै राष्ट्रिय सभा र प्रतिनिधि सभाका सदस्यहरूलाई खबर गरिएको छ ।

    गत फागुन १२ गते राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने ८ दलले निर्णय गरेका थिए । त्यसको भोलिपल्ट कांग्रेसले नेता पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेपछि पौडेलले राष्ट्रपतिमा मनोनयन दर्ता गराएका थिए ।

    साथै ८ दलले शुक्रबार सातै प्रदेशमा प्रदेश सभा सदस्यहरूसँग अन्तर्क्रियासमेत गर्ने भएका छन् । कांग्रेससहित दलहरूले पदाधिकारीलाई सम्बन्धित प्रदेशमा खटाइसकेका छन् ।

    यही फागुन २५ गते राष्ट्रपति निर्वाचनका लागि मतदान हुँदैछ । ८ दलबाट पौडेल र नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ राष्ट्रपति पदका लागि उम्मेदवार छन् ।

    वर्तमान राष्ट्रपति विदादेवी भण्डारीको ५ वर्षे कार्यकाल २८ फागुनमा सकिदैछ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...