News Portal

  • दैनिक ४ घण्टा बन्द हुने आँबुखैरहनी–दमौली सडकखण्ड

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १८ फागुन २०७९
    ३४७ पटक
     भक्तपुर, १८ फागुन २०७९

    पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरहनी–दमौली सडकखण्ड आजदेखि रातिमा दैनिक ४ घण्टा बन्द हुने भएको छ ।

    मुग्लिन–पोखरा सडकखण्ड योजना पूर्वी खण्ड तनहुँले बिमलनगरदेखि दमौलीको घाँसीकुवा सडकखण्डमा भित्तो काट्ने काम गर्नुपर्ने भएकाले आज राति १२ बजेदेखि बिहान चार बजेसम्म १० दिन राजमार्ग बन्द हुने सूचनामार्फत जानकारी दिएको हो ।

    आयोजनाका प्रमुख नगेन्द्र सुवेदीले सो खण्डमा डाइभर्सन बनाउने ठाउँ नभएको र भित्ता काट्नुपर्ने काम भएकाले रातिमा राजमार्ग बन्द गरेर सडक विस्तारको कामलाई गति दिन लागेको बताए ।

    तनहुँको आँबुखैरहनीदेखि कास्कीको पोखरा जाने पृथ्वी राजमार्ग विस्तारको काम निकै सुस्त गतिमा अगाडि बढेको भन्दै कामको गति बढाउन दबाब परेको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार हुन लागेको ८० किलोमिटर सडकले विस्तारमा आशातित गति समाउन अझै सकेको छैन ।

    आँबुखैरहनी पोखरा ८० किलोमिटर सडक खण्डलाई दुई भागमा बाँडेर सडक विस्तारको काम थालिएको झण्डै डेढ वर्ष बितिसकेको छ । प्रगति जम्मा ११ प्रतिशतको हाराहारीमा छ ।

    तनहुँको आँबुखैरहनीदेखि म्याग्दे गाउँपालिकाको जामुने भञ्ज्याङसम्मको ४१ किलोमिटर सडकको २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको हो । तीन वर्ष भित्र बनाइसक्ने गरी चिनियाँ कम्पनी चाइना कम्युनिकेसन कम्पनी लिमिटेडले ६ अर्व ३१ करोडमा ठेक्का लिएको हो ।

    पश्चिमखण्ड जामुने–पोखरा (३९ किलोमिटर) मा सडक विस्तारको जिम्मा चिनियाँ कम्पनी यनहुई काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले लिएको छ । २०७८ जेठ २ गते सम्झौता भई २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । ७ अर्ब ४० करोड ४६ लाखमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता भएको मितिले ३६ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

    पश्चिम खण्डको ठेक्का सम्झौता भएको झण्डै डेढ वर्ष भइसक्दा पनि सडक विस्तारको प्रगति निकै न्यून छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...