News Portal

  • युगान्डाकी युवतीको काठमाडौँमा यौनधन्दा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १९ फागुन २०७९
    ४२५ पटक
     भक्तपुर, १९ फागुन २०७९

    दक्षिण अफ्रिकी मुलुक युगान्डाका युवतीलाई नेपाल झिकाएर यौन व्यवसाय सञ्चालन गर्ने गरेको पाइएको छ । पर्यटक भिसामा गत साउन २३ गते युगान्डाबाट नेपाल आएकी २५ वर्षीया नतासा भनिने इमाकुलेट नावासुम्बाले युगान्डाका युवतीलाई प्रलोभनमा पारी नेपाल बोलाएर यौन व्यवसायमा लगाउने गरेको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको हो ।

    पीडितको जाहेरीपछि नतासालाई ब्युरो प्रहरीले आइतबार ठमेलबाट पक्राउ गरेको थियो । काठमाडौँको ठमेलस्थित होटल जर्नी होम प्रालिमा बस्दै आएकी नतासाले यौनजन्य धन्दा नै सञ्चालन गरेको पाइएको जानकारी ब्युरोका प्रवक्ता कृष्ण पङ्गेनीले दिए ।

    मासिक पाँच सय अमेरिकी डलरमा सफाइ (क्लिनर, वेट्रेस)लगायतका काममा रोजगारी दिलाइदिने भन्दै पर्यटक भिसामा बोलाइएका युवतीलाई जबर्जस्ती यौन व्यवसायमा लगाउने गरेको प्रहरीले जनाएको छ ।

    गत माघ ८ गते हवाई मार्ग हुँदै नेपाल आएकी युगान्डाकी २५ वर्षीय युवतीलाई आफू बसेको होटलमा राखी नतासाले नेपाली तथा भारतीय मूलका युवकसँग जबर्जस्ती यौन क्रियाकलापमा लगाएको उजुरीपछि पक्राउ गरिएको ब्युरोका प्रवक्ता पङ्गेनीले जानकारी दिएका हुन् ।

    ती पीडित युवतीले शारीरिक सम्पर्क गर्न इन्कार गरेपछि पीडित र पडितको परिवारलाई ज्यान मार्ने धम्की दिई दैनिक सात जना पुरुषसँग जबर्जस्ती यौन क्रियाकलापमा लगाएको पाइएको छ । लगातार शारीरिक सम्पर्कबाट बिरामी परेपछि पीडित युवती होटलबाट निकालिएकी थिइन् ।

    गत शनिबार युगान्डा फर्कनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी पीडितको हवाई टिकट पीडक नतासाले रद्द गरिदिएपछि पीडित युवतीले आइतबार ब्युरोमा पुगेर जाहेरी दिएकी थिइन् । ब्युरोका अनुसार पक्राउ परेकी नतासा स्वयं यौन व्यवसायमा संलग्न हुँदै आएको र ग्राहकको व्यवस्थासमेत गर्ने गरेको पाइएको छ ।

    उनले युगान्डाका अन्य महिलालाई समेत नेपाल झिकाई यौनकार्यमा लगाउने गरेको, काठमाडौँका रात्रिकालीन व्यवसायबाट ग्राहक खोज्ने गरेको र प्रतिव्यक्ति चार/पाँच हजार रुपियाँसम्म लिएर यौन क्रियाकलापमा लगाउने गरेको पाइएको प्रहरीले जनाएको छ । ब्युरोले यसमा अन्य व्यक्तिको संलग्नता रहे नरहेकोबारे अनुसन्धान गरिरहेको जनाएको छ । गोरखापत्र दैनिक

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...