News Portal

  • सञ्चार जगतले जनताको बोली बोल्नुपर्छ : मन्त्री शर्मा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १९ फागुन २०७९
    ४६७ पटक
    भक्तपुर, १९ फागुन २०७९

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सञ्चार जगतले जनताको बोली बोल्नुपर्ने बताएकी छन् । प्रेस सेन्टर नेपाल सम्बद्ध पत्रकारसंग मन्त्रालयमा शुक्रवार कुराकानी गर्दै उनले सो कुरा बताएकी हुन् ।

    सरकारको प्रवक्ता समेत रहेकी मन्त्री शर्माले सरकारलाई सञ्चार जगतले खबरदारी गरिराख्नुपर्ने पनि प्रष्ट पारिन । सरकारका जनपक्षीय कामबारे जनतालाई जानकारी गराइदिन र जनताको समस्याबारे सरकारलाई सूचित गर्न सञ्चार जगतको महत्व बारे उनले प्रकाश पारिन । सरकारलाई जनतासंग जोडिराख्न प्रेस सेन्टरको रचनात्मक भूमिका रहने उनले बिश्वास समेत व्यक्त गरेकी छन् ।

    मन्त्री शर्माले सञ्चार र सूचना प्रविधिको क्षेत्रमा रहेका कानुनलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मर्म अनुकूल बनाउन आफू लागिपरेको जानकारी गराइन् । सञ्चारसँगै सूचना प्रविधि क्षेत्रको व्यवस्थापन महत्वपूर्ण रहेको बताउदै जनताको प्रत्यक्ष जीवनसँग जोडिने भएकाले यसमा आवश्यक नीति र बैज्ञानिक संरचना बनाउन आफू जुटेको मन्त्री शर्माले जानकारी दिइन् । भर्खरै सरकारी वेबसाइटहरुको एकीकृत सञ्चालन र अनुगमन प्रणाली सुरु गरिएको उल्लेख गर्दै उनले साइवर सुरक्षासँग सम्बन्धित नीतिगत, कानुनी र संरचनागत विकासका लागि उच्चस्तरीय आयोग गठन गरिएको पनि जानकारी दिइन् ।

    उनले परिवर्तनलाई उल्टाउन खोज्ने तत्वहरु सल्बलाइरहेका उल्लेख गर्दै तिनलाई निस्तेज पार्न र परिवर्तनलाई सस्थागत गर्न प्रेस सेन्टर नेपाल चनाखो हुनुपर्ने आवश्यकता समेत औल्याएकी थिइन् ।

    उक्त अवसरमा प्रेस सेन्टर नेपालका अध्यक्ष बिष्णु सापकोटा जुगलले प्रेस सेन्टरका पत्रकार जनताका पत्रकार भएकाले सरकारका राम्रा कामको प्रचार गर्न र कमजोरीमा खबरदारी गर्न कुनै कसर बाँकी नराख्ने बताए । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र प्रबर्द्धन गर्न प्रेस सेन्टरको सदैव सहयोग रहने प्रष्ट पार्दै अध्यक्ष सापकोटाले पत्रकारका हकहित र पेशागत सुरक्षाका लागि सरकारले ठोस योजना अघि सार्नुपर्ने प्रस्ताव गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...