News Portal

  • आम सञ्चार क्षेत्रको समग्र सुधारका लागि सुझाव समिति गठन

    भक्तपुरपोस्ट संवाददाता काठमाडौं, २ चैत २०७९
    ४३२ पटक
    काठमाडौं, २ चैत २०७९

    सरकारले आम सञ्चार क्षेत्रको समग्र सुधारका लागि नीति, कानुुन तथा नियमनका बिषयमा सुुझाव दिन एक समिति गठन गरेको छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट सुझाव समिति गठन गरिएको हो।

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माका प्रेस विज्ञ नरेन्द्र केसीले दिएको जानकारी अनुसार नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. सुरेश आचार्यको संयोजकत्वमा समिति गठन गरिएको छ ।

    समितिका सदस्यहरुमा महासंघका सल्लाहकार एवं निवर्तमान अध्यक्ष गोविन्द आचार्य र सल्लाहकार एवं पूर्व अध्यक्ष डा. महेन्द्र बिष्ट त्यसैगरी वर्तमान अध्यक्ष विपुल पोख्रेल र बरिष्ठ पत्रकार बबिता बस्नेत रहेकी केसीले जानकारी गराएका छन् ।

    बिहीवार समितिसँगको संक्षिप्त छलफलमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आम सञ्चारका क्षेत्रमा नीतिनिर्माण र कानुन परिमार्जन गर्नु आवश्यक देखिएकाले आम सञ्चार क्षेत्रका विज्ञहरुलाई त्यसको तयारी गर्ने जिम्मेवारी दिइएको बताइन ।

    आमसञ्चार क्षेत्रलाई व्यवस्थित, मर्यादित र प्रतिस्पर्धी बनाउन गर्नुपर्ने कार्यहरूका बारेमा अध्ययन गरी प्रभावकारी सुझाव दिन समिति सफल हुने उनले बिश्वास व्यक्त गरिन । मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्र सुवेदीले आमसञ्चार क्षेत्रका सम्बन्धमा गर्नुपर्ने नीतिगत तथा कानुनी व्यवस्था र आमसञ्चार क्षेत्रको नियामकीय क्षमता वृद्धिगर्ने उपायका बारेमा सुझाव दिने जिम्मा पनि समितिलाई दिइएको जानकारी दिए ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा रहेका आमसञ्चार सम्वद्ध नीति तथा कानुनको मस्यौदामा परिमार्जन गरी समय सापेक्ष बनाउनुपर्ने विषयमा सुझाव प्राप्त भएपछि त्यसमाथि सरोकारवालाहरूसँग छलफल र अन्तरक्रिया गरी सोबाट प्राप्त सुझावलाई समावेश गरेर आम सञ्चार विधेयकको अन्तिम मस्यौदा तयार गरिने मन्त्रीका सञ्चार विज्ञ नरेन्द्र केसीले जानकारी दिएका छन् ।

    समितिले आगामी आइतवारदेखि कामथाल्ने समितिका सदस्य एवं नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष गोविन्द आचार्यले जानकारी गराए । काम थालेको ३० दिनभित्र प्रतिवेदन बुुझाउने गरी कार्यगर्ने जानकारी गराउदै उनले समितिलाई सबैको सहयोग रहने बिश्वास व्यक्त गरे ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...