News Portal

  • हस्तलिखित भित्रेपात्रोमार्फत नेपाल चिनाउँदै

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १३ चैत्र २०७९
    ७१९ पटक
    भक्तपुर, १३ चैत्र २०७९

    १९ भाषामा प्रकाशित मित्रवनको गुफा नामको बालउपन्यासका लेखक तथा चित्रकार धीरजनाथ अमात्य अद्वितीय छन् । आजको रोबटिक समयमा पनि १५ भाषामा हस्तलिखित भित्रेपात्रो तयार गर्ने सम्भवतः उनी एक्ला व्यक्ति हुनुपर्छ । लोक्ताको नेपाली कागजमा तयार गर्ने हस्तलिखित क्यालेन्डर विदेशीले अनौठो मानेर खरिद गर्ने गरेको उनको अनुभव छ । प्रविधिको कारण भित्रेपात्रोको महत्व घटेको महसुस गरिरहेको समयमा उनी नेपाली कलालाई विदेशीको घरमा झुन्ड्याउने बनाउन सफल भएकोमा गर्व गर्छन् ।

    पाटनका ६८ वर्षीय अमात्य ४३ वर्षदेखि हस्तकलाको गिफ्ट सोभिनिय पसल सञ्चालन गर्दै आएका छन् । कुपण्डोलको हिमालयन होटलको पारिपट्टी उनको क्राफ्ट सोभिनियर नामक हस्तकलाको पसलभित्र छिरेपछि सबैलाई मोहित बनाउछ । हस्तलिखित ग्रिटिङ कार्ड पनि उनी आफैं बनाउछन् । दुई छोरी र एक छोरा जर्मनमा रहेकाले सरल स्वभावका धिरजनाथ सधैं त्यही पसलमा सिर्जना गरेर बसिरहेका भेटिन्छन् । भन्छन्, ‘नेपाली हस्तकलालाई विश्वमाझ चिनाउन मैले धेरै भाषामा हस्तलिखित भित्रेपात्रो तयार गरेको छु । त्यसमा नेपाली पनि हुने भएकाले हाम्रो लिपिबारे समेत उनीहरूलाई ज्ञान हुने गरेको पाएको छु,’ उनले भने ।

    नेपालमा पाइने चरा र यहाको संस्कृतिलाई महत्व दिएर उनले हस्तलिखित क्यालेन्डर तयार गरेका हुन्छन् । उनी आफैं परिदृश्य र चराको चित्र क्यालेन्डरमा कोर्छन् । उनले कतिपय भाषाका आधारभत कुरा आफैं अध्ययन गर्ने गर्छन् भने जापनिज र जर्मनी भाषाको प्रशिक्षण पनि लिएका छन् ।

    ‘विदेशी गिफ्ट किन्न आउदा नेपालको युनिक कुरा के छ भनेर सोध्ने भए । उनीहरूकै भाषामा नेपाली कागजमा हस्तलिखित क्यालेन्डर देखेपछि त उनीहरू दंग पर्ने भइहाले,’ उनी भन्छन् । उनले क्यालेन्डर बनाउन राजदतावासको समेत सहयोग लिने गरेको थिए । अंग्रेजी, जर्मनी, जापनिज, फ्रेन्च, इटाली, स्विडिस, नर्वेजियन, डेनिस, स्पेनिस, पोर्चुगित, डचलगायतका भाषामा उनले हस्तलिखित क्यालेन्डर तयार गर्ने गरेको सुनाए । यसमध्ये पनि जर्मनी र जापानी क्यालेन्डरको बढी मार्केट भएको बताउँछन् ।

    काठमाडौं उपत्यकाको कला, संस्कृतिलाई नेपालको सरकारले संरक्षण गर्नेदेखि प्रचारप्रसार गर्ने विषयमा प्राथमिकता नराखेको हो कि भन्ने उनको चिन्ता छ । उनी नवीन ठलो वर्णमालाका लेखक पनि हुन् ।

    नेपाली लोक्ता कागजमा छापिएका उनका पुस्तक अनौठो लाग्छन् । नेपालमा उनको पुस्तकको चर्चा नभए पनि अन्तर्राष्ट्रिय क्षेत्रमा उनका आधा दर्जन किताब मन पराएको उनी सुनाउँछन् । उनको सपना नामक पुस्तकले दक्षिण कोरियामा राम्रै चर्चा कमाएको सुनाउँछन् । ‘वो हावट्स सर्जपाइज’ नामक उनको नेपाली जीवनशैली झल्कने पुस्तक सुसान डस्ट्रनले अंग्रेजीमा अनुवाद गरेका छन् । मित्रवनको गुफा त २५ भाषामा अनुवाद हुँदैछ ।

    राष्ट्रकवि माधवप्रसाद घिमिरेले मित्रवनको गुफा नामक बाल उपन्यासको प्रशंसा गरेका थिए । ‘धिरजनाथ अमात्य बालकको मनको भाषा बुझेर रचना गर्छन् र रमाइलो रमाइलोमै रसिला शिक्षा दिन्छन् ।’ स्वर्गीय घिमिरेले मित्रवनको विषयमा लेखेका थिए । पशुपक्षीका विषयमा रचना गर्ने, चित्र कोर्ने उनको सानैदेखिको रुचि अझै कायम छ । नेपालको कला संस्कृति संरक्षण नहुने पो हो कि भन्नेमा चिन्तित देखिन्छन् । नया पुस्तालाई आफले जानेको सीप हस्तान्तरण गर्न आफ आतुर रहेको सुनाउँछन् । राजधानी दैनिक

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...