News Portal

  • पुरा भयो एसईई परीक्षाको तयारी

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १६ चैत्र २०७९
    ७०४ पटक
     भक्तपुर, १६ चैत्र २०७९

    २०७९ मा हुने एसईई परीक्षाको तयारी पुरा भएको छ । शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको हो ।

    बोर्डका अनुसार यस वर्षको एसईई परीक्षामा देशभरबाट कुल ५ लाख १६ हजार ५ सय ९१ जना परीक्षार्थी सहभागी हुँदै छन् । जसमध्ये २ लाख ६० हजार ६ सय ७४ जना छात्र र २ लाख ५५ हजार ९ सय १७ जना छात्राले यस वर्षको एसईई परीक्षा दिँदै छन् ।

    बोर्डका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले शुक्रबारदेखि सुरु हुने परीक्षाको सबै तयारी पूरा भइसकेको बताए । उनले एसईई परीक्षाका लागि आवश्यक उत्तरपुस्तिका सबै परीक्षा केन्द्रमा र प्रश्नपत्र सुरक्षा केन्द्रहरूमा पठाइसकिएको जानकारी दिए ।

    जापानबाट १४ जना परीक्षार्थी एसईईमा सहभागी हुँदै
    राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष जापानबाट पनि १४ जना परीक्षार्थी एसईईमा सहभागी हुनेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीका छोराछोरीले यसपालि पहिलोपटक जापानबाटै परीक्षा दिन लागेका हुन् ।

    जापान सरकारको अनुमति लिएर नेपाली पाठ्यक्रम पढाइरहेका विद्यालयका विद्यार्थी यसपालिको एसईई परीक्षामा सहभागी हुन लागेको परीक्षा नियन्त्रक श्रेष्ठले जानकारी दिए । उनले अहिलेसम्म तोकिएका सबै परीक्षा केन्द्रमा परीक्षा केन्द्राध्यक्ष नियुक्ति गरी अभिमुखीकरण भई परीक्षासम्बन्धी पूर्वतयारीको सम्पूर्ण कामसमेत सकिएको बताए ।

    शुक्रबार बिहान ८ बजेदेखि सञ्चालन हुने सो परीक्षा आगामी २९ चैतसम्म चल्नेछ । यसपालिको एसईई परीक्षाका लागि ७७ वटा जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा बढी परीक्षा केन्द्र बाग्मती प्रदेशमा रहेका छन् । बाग्मती प्रदेशका १ लाख १ हजार ७ सय ३३ परीक्षार्थीका लागि ४ सय ३४ वटा परीक्षा केन्द्र तोकिएको छ ।

    देशको संघीय राजधानी काठमाडौंसहित सबैभन्दा धेरै परीक्षार्थी सहभागी हुने र परीक्षा केन्द्र पनि सबैभन्दा धेरै रहेको बाग्मती प्रदेशमा विभिन्न १३ वटा जिल्ला समेटिएका छन् । बोर्डका अनुसार यसपालिको एसईई परीक्षामा सबैभन्दा कम परीक्षार्थी र परीक्षा केन्द्र कर्णाली प्रदेशमा रहेको छ । कर्णाली प्रदेशमा जम्मा ४१ हजार ३ सय २९ परीक्षार्थी र १ सय ७९ परीक्षा केन्द्र रहेका छन् ।

    यसपालिको परीक्षा विगतका वर्षहरूको भन्दा अझै व्यवस्थित र मर्यादित रूपमा सम्पन्न हुने अपेक्षा गरिएको बोर्डले जनाएको छ । राजधानी दैनिक

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...