News Portal

  • गृहमा रविले नसकेको रेकर्ड राख्न श्रेष्ठ सफल : पहिलो निर्णयले नै जोगियो देशको दैनिक पाँच लाख

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १७ चैत २०७९
    २२१४१ पटक
    भक्तपुर, १७ चैत २०७९

    गृह मन्त्रालय सम्हाल्न पुगेका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सुराकीको नाममा गृहमन्त्री र गृहसचिवले खर्च गर्न पाउने नियमावलीलाई खारेज गर्ने निर्णय गरेका छन् । शुक्रवार पदबहाली गर्दै उनले उक्त निर्णय गरेका हुन् ।

    सुराकीको नाममा गृहमन्त्री र सचिवलाई गरी दैनिक लाखौँ रुपैया खर्च गर्न पाउने अधिकार दिइएको छ । गृहमन्त्री र सचिवले सुराकी खर्चका नाममा दैनिक लाखौँ रकम खर्च गर्नु अपारदर्शी भएको ठहर गर्दै उनले नियमावली खारेज गर्ने निर्णय गरेका उनका प्रेस सल्लाहकार कमल गिरीले जानकारी गराए । सो निर्णय मन्त्रीपरिषदले पारित गरेपछि पछिल्ला गृहमन्त्री र गृह सचिवले पनि सुराकी खर्च वापत पैसा खर्च गर्न नपाउने गिरीले जनाएका छन् ।

    नयाँ गर्छु भनेर गृह सम्हालेका निवर्तमान गृहमन्त्री एवं रास्वपाका अध्यक्ष रवि लामिछानेले समेत नगरेको काम गरेर गृहमा श्रेष्ठले पहिलो दिनमै कर्मचारीको वाहवाही कमाउन सफल भएका छन् । आफ्नै आर्थिक अधिकार कटौती गर्ने सामर्थ्य यस अघि कसैमा नदेखिए भन्दै कर्मचारीले प्रशंसा गरेका छन् । गृह श्रोतका अनुसार गृहमन्त्रीले दैनिक पाँच लाख रुपैया सम्म सुराकी खर्च देखाउन सक्ने व्यवस्था रहेको थियो ।

    त्यसैगरी आजै उपप्रधान एवं गृह मन्त्री नारायण काजी श्रेष्ठले मिटरब्याज पीडितहरूको समस्या समाधानका लागि अधिकार सम्पन्न उच्चस्तरीय आयोग गठन गर्न मन्त्रीपरिषदलाई प्रस्ताव गर्ने निर्णय गरेका बताइएको छ ।

    शुक्रवारबाट गृहमन्त्री समेत बनेका उपप्रधानमन्त्री श्रेष्ठ नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष हुन् । १८ वर्षको भूमिगत जीवनपछि २०६५ मा सार्वजनिक भएका श्रेष्ठले जनप्रशासन विषयमा स्नातकोत्तर र अर्थशास्त्रमा स्नातक गरेका छन् । मेडिसिन समेत पढेका उनले छोटो समय हेल्थपोस्टमा काम गर्नुका साथै सिद्दार्थ वनस्थली विद्यालयमा शिक्षक र मुल्यांकन, गर्जन जस्ता पत्रिकामा सम्पादकको जिम्मेवारी समेत सफलतापूर्वक सम्पन्न गरेका छन् ।

    श्रेष्ठ २०७९ पुस ११ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा गठित सरकारका उपप्रधानमन्त्री एवम भौतिक पुर्बाधार तथा यातायातमन्त्री रहेका थिए । श्रेष्ठलाई भौतिक पुर्वाधार तथा यातायात मन्त्रीबाट बिभाग परिवर्तन गरी शुक्रवार उपप्रधानमन्त्री एवम् गृहमन्त्रीको जिम्मेवारी दिइएको छ । यस अघि पनि करिब २ साता उनी गृहमन्त्री भएका थिए भने परराष्ट्र मन्त्रीको रुपमा सफल कार्यकाल समेत सम्पन्न गरेको अनुभव उनीसंग रहेको छ ।

    गोरखामा जन्मिएका उपप्रधान एवं गृहमन्त्री श्रेष्ठ  राष्ट्रिय सभा सदस्य हुन् । ६२ वर्षीय श्रेष्ठ अविवाहित रही राजनीतिमा समर्पित रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...