News Portal

  • शान्ति प्रक्रियाको बाँकी कार्यभार पूरा गर्ने प्रतिवद्धता

    भक्तपुरपोस्ट संवाददाता काठमाडौं, ९ बैशाख २०८०
    ३०४ पटक
    काठमाडौं, ९ बैशाख २०८०

    उपप्रधान एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गरी छाड्ने जानकारी गराएका छन् । शान्ति प्रक्रिया पूरा नहुँदा प्रतिक्रियाबादीको चलखेल बढेको बताउँदै उनले सो जानकारी गराएका हुन् ।

    शनिवार प्रेस सेन्टर उपत्यका प्रदेशको साधारण सभालाई अनामनगरमा सम्बोधन गर्दै उपप्रधान एवं गृह मन्त्री श्रेष्ठले संविधानसभाबाट संविधान निर्माण गरेर परिवर्तनलाई संस्थागत गरी शान्ति प्रक्रियाको मूख्य राजनीतिक कार्यभार पूरा गरेको प्रष्ट पारे । त्यसैगरी तत्कालिन जनमुक्ति सेनालाई नेपाली सेनामा समायोजन र व्यवस्थापन गरी प्राविधिक पक्ष पनि पूरा गरेको उनको भनाइ छ । तर, संक्रमणकालीन न्यायको काम सम्पन्न गर्न नसकिएको उनले बताए । उनले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगको काम बाट संक्रमणकालीन न्यायका कामलाई प्रचण्ड नेतृत्वको सरकारले पूर्णता दिएरै छाड्ने दावी गरे ।

    संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रतिगमनको खतरा नटरेको खुलासा गर्दै उपप्रधान एवं गृह मन्त्री श्रेष्ठले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र संविधानत: समाजबाद उन्मुख समावेशी गणतन्त्र भएको भन्दै त्यसलाई व्यवहारमा लागू गर्न नदिएर परम्परागत संसदीय गणतन्त्रमा खसाल्ने प्रयत्न भैरहेको प्रष्ट पारे । सैद्धान्तिकरुपमा संविधान मिचे जस्तो नदेखाई व्यवहारमा यसलाई अवरोध पुर्याइने कार्य पनि सारमा प्रतिगमन नै भएको उनको भनाइ छ ।

    नेकपा(माओवादी केन्द्र) का बरिष्ठ उपाध्यक्ष समेत रहेका उपप्रधान एवं गृह मन्त्री श्रेष्ठले आफ्नो पार्टीको नेतृत्वमा भएको परिवर्तन र संघीय लोकतान्त्रिक गणतन्त्रलाई बचाउन र अझ उचाइमा पुर्याउन प्रेस सेन्टर नेपालको ससक्त भूमिका हुनुपर्ने आवश्यकता औल्याए । परिवर्तनकारी बिचार बोकेकै कारण तत्कालिन राज्यसत्ताको निर्मम शिकार भएका शहिद कृष्णसेन इच्छुक लगायतका पत्रकारको बलिदानीबाट बनेको प्रेस सेन्टरले परिवर्तन विरोधीहरुको ससक्त प्रतिरोध गर्नुपर्ने उनले प्रष्ट पारे ।

    कार्यक्रममा सरकारका उपप्रधान एवं गृह मन्त्री श्रेष्ठले सामाजिक आर्थिक रुपान्तरण र बिकास र सम्वृद्धिको लागि सरकारले उल्लेखनीय कार्य गर्ने पनि जानकारी गराए । जनताले प्रत्याभूत गर्ने गरी जनताका आधारभूत आवश्यकता पूरा गरिने तथा बिकास र सम्वृद्धिको ढोका खोली नयाँ व्यवस्थाप्रति अपनत्व जागृत हुनेगरी जनताको समस्या समाधान गरिने उनको जिकिर छ । उनले पत्रकारलाई सरकार र जनताबीच पुलको काम गरिदिन पनि आग्रह गरेका छन् । बिना तथ्य र प्रमाण जनता भ्रमित पार्ने तथा सरकारलाई बद्नाम गर्ने कार्यले व्यवस्था बलियो हुन नसक्ने बताउदै उपप्रधान एवं गृह मन्त्री श्रेष्ठले तथ्य र प्रमाणका आधारमा आउने आलोचनाको सदैव स्वागत गर्दै त्यसलाई सच्चिने अवसरको रुपमा सदुपयोग गर्ने समेत बताएका छन् ।

    उक्त अवसरमा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले बोन म्यारोको उपचारमा रहेका प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य प्रमोद दाहालका छोरा विकल्पको उपचारका लागि आफ्नो एक महिनाको तलब दिने घोषणा पनि गरेका छन् । प्रेस सेन्टर नेपाल उपत्यका प्रदेशले विकल्पको उपचारका लागि साधारण सभामा ४० हजार रूपैयाको चेक हस्तान्तरण गरेको थियो । सोही समयमा उनले आफ्नो व्यक्तिगत तर्फबाट समेत एक महिनाको तलब उपचारका लागि उपलब्ध गराउने बचन दिएका उपत्यका प्रदेश अध्यक्ष नवराज दाहालले जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...